जुड’ नामक अत्यधिक चिसोले मङ्गोलियामा यो जाडो मौसममा अहिलेसम्म २१ लाखभन्दा बढी पशु मरेको राज्य आपत्कालीन आयोग (एसइसी) ले मङ्गलबार बताएको छ । “आजसम्म मुलुकभर जुडका कारण कम्तीमा २१ लाख ३६ हजार पाँच सय तीन पशु मरेका छन्”, एजेन्सीले भनेको छ । उक्त आँकडा अघिल्लो वर्षको तुलनामा ८५ प्रतिशतले बढी हो । जुड अत्यधिक चिसो अर्थ दिने मङ्गोलियाली शब्द हो । अत्यधिक चिसोले जमिन जमेको वा हिउँले ढाकिएका कारण ठूलो सङ्ख्यामा पशु मर्ने गर्छन् । मुलुकको मौसम अनुगमन एजेन्सीका अनुसार मङ्गोलियामा यो वर्षको जाडोमा सामान्यभन्दा धेरै हिमपात भएको छ । मुलुकको ८० प्रतिशतभन्दा धेरै भूभाग अहिलेसम्म एक सय सेन्टिमिटरसम्म बाक्लो हिउँले ढाकेको छ । विश्वको अन्तिम जीवित फिरन्तेहरूको मुलुकमध्ये एकका रूपमा मङ्गोलियाले हालै कडा चिसो र पशुधनको क्षतिका कारण आफ्नो प्रकोप तयारीलाई उच्च सतर्कतामा राखेको छ । भूपरिवेष्ठित मङ्गोलियाको खानीमा निर्भर अर्थतन्त्रमा विविधता ल्याउन पशुपालनलाई प्रवर्द्धन दिनु सबैभन्दा व्यावहारिक तरिका मानिन्छ । राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार सन् २०२३ को अन्त्यमा मङ्गोलियामा पशुधनको सङ्ख्या छ करोड ४७ लाख थियो ।
कडा मौसमले मङ्गोलियामा २१ लाख पशु मरे
- Dainik Nepalgunj

- Categories: World
Related Content
सम्झौता नभए सम्म इरानी बन्दरगाहमा अमेरिकी नाकाबंदी जारी रहन्छ : ट्रम्प
by
Dainik Nepalgunj
April 18, 2026
स्कुलमै रक्तपात, ९ को मृत्युले टर्की स्तब्ध
by
Dainik Nepalgunj
April 16, 2026
जेनेभामा अमेरिका–इरान आणविक संवाद पुनः सुरु
by
Dainik Nepalgunj
February 17, 2026
ओबामाद्वारा ट्रम्पको क्लिपको आलोचना
by
Dainik Nepalgunj
February 15, 2026
साइबर जोखिम बढेपछि बेलायतका विद्यालयमा मोबाइल फोन प्रतिबन्ध थप कडा
by
Dainik Nepalgunj
January 21, 2026