नेपालगन्जमा भारतबाट भन्सार छलि ल्याएर राखिने गाेदाममै छापा

भारतबाट अवैधरुपमा चाेरी पैठारी गरि भन्सार छलेर नेपालगन्जमा ल्याइएकाे ठूलाे परिणामकाे मासु बरामद भएकाे साता दिन नपुग्दै प्रहरीले साेमबार फेरि एउटा गाेदामबाट ठूलाे परिणाममा सामान बरामद गरेकाे छ । यसले नेपाल-भारत सीमा क्षेत्रबाट हुने अवैध काराेबारलाई सतहमा ल्याइदिएकाे छ ।
साेमबार सशस्त्र प्रहरीले उक्त सामान बरामद गरे पनि सीमा क्षेत्रमा सशस्त्र प्रहरीनै सीमा सुरक्षाका लागि तैनाथ छ ।
एउटा छाड्ने र अर्काेले पक्रने याे संयाेग हाे कि अरु केही ? नागरिक तहमा आशंका व्यक्त गर्न थालिएकाे छ । नेपालगन्ज भित्रिने नाकामै सशस्त्र हुँदा त्यहाँ किन सामान राेकिएन ? याे प्रश्न पनि उब्जिएकाे छ । आज नेपालगन्ज-१२ बाट सशस्त्र प्रहरीले ठूलाे परिणाममा भारतबाट चाेरी पैठारी गरि ल्याएकाे सामान बरामद गर्याे ।
कपडा, चप्पल, बल र ब्याट्रीलगायतका २४ बाेरा र ४० कार्टुन सामान बरादम गरेकाे सशस्त्र प्रहरीले जनाएकाे छ । भन्सार छलेर अवैध चाेरीपैठारी गरी नेपालगन्जकाे एक गाेदामबाट ती सामान बरामद गरिएकाे सशस्त्र प्रहरीले जनाएकाे छ ।

Exit mobile version