
अछामको मेल्लेख गाउँपालिकामा सोमबार भएको ट्याक्टर दुर्घटनामा कम्तिमा पाँच जनाको मृत्यु भएको छ ।
स्थानीय प्रहरीले दिएको जानकारी अनुसार, मेल्लेख–७ नन्देगडाको सुयडीमा भएको सो दुर्घटनामा तीन जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक अर्जुन साउदले दिएको जानकारी अनुसार, मृत्यु हुनेमा मेल्लेख–१ का ५५ वर्षीय रङ्ग धामी, १५ वर्षीय जनक धामी, ४५ वर्षीय प्रेम धामी, ३७ वर्षीय नरबहादुर धामी र २१ वर्षीय जनक धामी छन् ।
© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.
© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.