युक्रेनको पूर्वी खार्किभ क्षेत्रमा जमिभ्स्का थर्मल पावर प्लान्ट (टिपिपी) एक रुसी मिसाइल हमलामा ध्वस्त भएको युक्रेनी ऊर्जा उत्पादन कम्पनी सेन्ट्रेनेर्गोलाई उद्धृत गर्दै युनियन समाचार एजेन्सीले शनिबार जनाएको छ । मार्च २२ मा मिसाइल हमलाले प्लान्टको सबै एकाइलाई नष्ट बनाएको र सहायक उपकरण क्षतिग्रस्त भएको कम्पनीले बताएको छ । हाल कामदारहरूले अहिले पनि साइटमा भग्नावशेष सफा गरिरहेका छन् । मार्च २२ मा रुसले युक्रेनमाथि ८८ वटा मिसाइल र ६३ वटा शाहिद लडाकू ड्रोन प्रहार गरेको बताइएको छ । यसलाई युक्रेनी अधिकारीहरूले मुलुकको ऊर्जा पूर्वाधारमा अहिलेसम्मको सबैभन्दा ठूलो हमला भनेका छन् । स्थानीय मिडिया रिपोर्टका अनुसार दुई हजार दुई सय मेगावाट क्षमताको जमिभ्स्का टिपिपी पूर्वी युक्रेनमा सबैभन्दा ठूलो विद्युत् उत्पादन प्लान्ट हो । रुसी रक्षा मन्त्रालयले मार्च २२ मा एक विज्ञप्तिमा आफ्नो सेनाले सो दिन युक्रेनमा ऊर्जा र सैन्य सुविधाहरूमा ठूलो मात्रामा मिसाइल र ड्रोन हमला गरेको तथा ठूलो मात्रामा हमलाका सबै लक्ष्य हासिल गरेको बताएको छ ।
युक्रेनको सबैभन्दा ठूलो थर्मल पावर प्लान्ट ध्वस्त
- Dainik Nepalgunj

- Categories: World
Related Content
बेइजिङमा ट्रम्प–सी संवाद, सहकार्यसँगै द्वन्द्वको चेतावनी
by
Dainik Nepalgunj
May 14, 2026
इरान युद्धको असर जापानी स्न्याक प्याकेटमा
by
Dainik Nepalgunj
May 13, 2026
पश्चिम बङ्गालमा चुनावी हिंसा, भाजपाका सहयोगीको हत्या
by
Dainik Nepalgunj
May 7, 2026
रूस युक्रेन युद्धमा दुई दिने युद्धविराम घोषणा
by
Dainik Nepalgunj
May 5, 2026
होर्मुज जलडमरूमध्यमा इरानको सुरक्षा निगरानी कडा
by
Dainik Nepalgunj
May 3, 2026