बाह्रदशी गाउँपालिका–१ का ३३ वर्षीय देवनारायण राजवंशीले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । चार दिनअघि मात्र वैदेशिक रोजागरीबाट फर्किएका उनले श्रीमती ३३ वर्षीया ममसरी राजवंशीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक मिलन केसीले बताउनुभयो । श्रीमतीलाई परपुरुषसँग लागेको आरोप लगाउँदै घाँटीमा खुकुरी प्रहार गरी हत्या गरेको देखिएको उपरीक्षक केसीले जानकारी दिनुभयो । प्रहरीले देवनारायणलाई पक्राउ गरिसकेको छ । ममसरी दिव्यज्योति मावि राजगढमा शिक्षण पेसामा आबद्ध रहेकी थिइन् ।
खुकुरी प्रहार गरी श्रीमतीको हत्या
- Dainik Nepalgunj

- Categories: News
Related Content
सोल्टीका ‘इन्सपाइरिङ लिडर’ शाहले देखाए पर्यटनमा सम्भावना
by
Dainik Nepalgunj
May 16, 2026
आर्थिक अनुशासन कायम गर्नुपर्नेमा राष्ट्रपति जोड
by
Dainik Nepalgunj
May 15, 2026
बढ्दो बेरुजु नियन्त्रणका लागि वित्तीय सुशासन सुदृढ गर्नुपर्नेमा जोड
by
Dainik Nepalgunj
May 15, 2026
दश महिनामा ६० प्रतिशत बजेट खर्च, विकास खर्च २८ प्रतिशत मात्र
by
Dainik Nepalgunj
May 15, 2026
भारतमा पेट्रोल–डिजेल महँगियो
by
Dainik Nepalgunj
May 15, 2026