पेट्रोलियम अन्वेषणको उपकरण बोकेको ट्रक दुर्घटनामा परेको छ । दैलेखका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले दुल्लु नगरपालिका-३ पालीमा उपकरण ढुवानी गर्ने क्रममा ट्रक दुर्घटनामा परेको जानकारी दिनुभयो । नेपालगञ्जबाट भैरवी गाउँपालिकाको जलजलेस्थित आयोजनास्थलमा उपकरण ढुवानी गर्ने क्रममा मप०३००१ख ७८१७ नम्बरको भारतीय ट्रक दुर्घटनामा परेको हो । “सडक चौडा पार्ने कम्पनीले सडकमा छाडेका गिट्टीका कारण ट्रक सडकमै पल्टिएको थियो । दुईवटा क्रेनको सहायताले ट्रक उठाइएको छ”, प्रमुख जिल्ला अधिकारी भुसालले भन्नुभयो । चिनियाँ सरकारको अनुदानमा सञ्चालित पेट्रोलियम अन्वेषण परियोजनाका लागि पहिलो चरणमा २२ वटा मालबाहक ट्रक अन्वेषणस्थलमा पुगिसकेका छन् । विसं २०७२ चैतमा नेपाल र चीनबीच पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खननमा सहकार्य गर्ने सहमति भएको थियो । सोही बमोजिम २०७५ साल माघमा चीन र नेपालबीच परियोजना स्वीकृत भई २०७६ सालदेखि प्रारम्भिक सर्वेक्षण सुरु भएको थियो । हाल जलजलेमा ४५ रोपनी जग्गा अधिग्रण गरी ड्रिलिङको तयारी गरिएको छ ।
पेट्रोलियम अन्वेषणको उपकरण बोकेको ट्रक दुर्घटना
- Dainik Nepalgunj

- Categories: News, मुख्य समाचार
Related Content
सोल्टीका ‘इन्सपाइरिङ लिडर’ शाहले देखाए पर्यटनमा सम्भावना
by
Dainik Nepalgunj
May 16, 2026
आर्थिक अनुशासन कायम गर्नुपर्नेमा राष्ट्रपति जोड
by
Dainik Nepalgunj
May 15, 2026
बढ्दो बेरुजु नियन्त्रणका लागि वित्तीय सुशासन सुदृढ गर्नुपर्नेमा जोड
by
Dainik Nepalgunj
May 15, 2026
दश महिनामा ६० प्रतिशत बजेट खर्च, विकास खर्च २८ प्रतिशत मात्र
by
Dainik Nepalgunj
May 15, 2026
भारतमा पेट्रोल–डिजेल महँगियो
by
Dainik Nepalgunj
May 15, 2026