For Advertisement call: 9858020711
DO you have news / article? Click here
Monday, December 8, 2025
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो छ दसैँका अवसरमा प्रदर्शन भएका तीन चलचित्रको व्यापार

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज News

डढेलोमा ज्यान जोगाउने कि जङ्गल ?

byDainik Nepalgunj
April 14, 2024
in News, मुख्य समाचार
0 0
0
फैलिँदै डढेलो र आगलागी, सचेतनामा जोड
Share on FacebookShare on Twitter

वनमा आगो लागेको खबरले रसुवाकी डिभिजनल वन अधिकृत प्रेमा थापाको मन पनि जल्न थाल्छ । रसुवाको भौगोलिक विकटता अनि भिर, पाखा र पखेरा । दन्किएको आगो निभाउने चाहना भएर पनि सक्नुहुन्न उहाँ । वनमा दनदनी दन्किरहेको आगोको मुस्लो टुलुटुलु हेरेर बस्नुबाहेक उहाँसँग अर्काे विकल्प हुँदैन । “जङ्गलको आगो निभाउन कठिनै छ । भिरालो जङ्गलको त अझै कठिन । के गर्नु, धुवाँको मुस्लो हेरेर बस्न त मन लाग्दैन । तर आगोको मुस्लोमा हेलिनु पनि भएन”, उहाँ भन्नुहुन्छ, “कस्तो दुविधा हुन्छ ? ज्यान जोगाउनु कि जङ्गल ?”

वनमा आगलागी भएपछि थापा नियन्त्रणका लागि कर्मचारी खटाउनुहुन्छ । तर उनीहरु नफर्कँदासम्म उहाँको मन शान्त हुँदैन । “आगलागीका कारण मात्रै होइन, भिरालो जङ्गलमा त जान पनि जोखिम नै हुन्छ । सुकेका पात, स्याउला तथा झाडीका कारण भिरालो जङ्गलको यात्रा अघिपछि पनि अप्ठ्यारै हो”, उहाँले भन्नुभयो, “डढेलो लागेपछि त झन् धुवाँको मुस्लोले बाटो छेक्छ अनि सास फेर्न पनि गाह्रो । तर पनि के गर्नु डढेलो त निभाउनै पर्यो ! जङ्गलको पनि माया त लाग्छ नि ।”

रसुवाजस्तै भौगोलिक हिसाबले बिकट छ, रुकुमपश्चिम । रुकुमपश्चिमका डिभिजनल वन अधिकृत शेरबहादुर परियारलाई पनि जङ्गलमा डढेलो लाग्न थालेपछि चिन्ता बढ्न थाल्छ । “डेढेलो लागेपछि कसरी नियन्त्रण गर्ने ठूलो चिन्ता हुन्छ । कोसिस गर्दागर्दै पनि नियन्त्रण नहुँदा वन र जैविक विविधताको क्षति हुन्छ अनि मन नै भक्कानिन्छ”, उहाँ भन्नुहुन्छ, “वन विज्ञान पढेर वन क्षेत्रमै सेवारत हुने लक्ष्यले सरकारी सेवामा लागियो । त्यसैले होला वनको माया लाग्छ । वनमा लागेको आगोले मन पनि जलाउँछ ।”

वन जोगाउन खोज्दा कतै ज्यानै नजोगिएला कि भन्ने चिन्ता उत्तिकै हुन्छ उहाँलाई । “के गर्नु ज्यानसँगै जङ्गल पनि त जोगाउनुपर्यो । वन जलिरहेको कसरी हेर्नु ।” गत सोमबार डोल्पाको ठूलीभेरी नगरपालिकाको मष्टा सामुदायिक वनमा डढेलो लाग्यो । डढेलो नियन्त्रणमा नेपाली सेनाको टोली खटियो । जङ्गल जोगाउन त खोजियो । तर ज्यान जोगाउन नसक्दा तीन जना नेपाली सेनाले मृत्युवरण गर्नुपर्यो । जिल्ला प्रशासन कार्यालय डोल्पाका अनुसार जुम्लाको तातोपानी गाउँपालिका–४ घर भई देवीदत्त गण दुनैमा कार्यरत २८ वर्षीय सैनिक जवान हेमन्त रावल, काभ्रे घर भएका ३८ वर्षीय जमदार केशवबहादुर मगर र हुम्ला घर भएका २३ वर्षीय आशिष बुढाको मृत्यु भयो । घाइते ३० वर्षीय विजय कोइरालाको भने काठमाडाँैमै उपचार भइरहेको छ ।

सो घटनासँगै डोल्पा डिभिजनल वन अधिकृत मनबहादुर राउतको मन उत्तिकै चिन्तित छ । आफ्नै जिल्लामा भएको अप्रिय घटनाले उहाँको मन बैचन हुन छाडेको छैन । “डोल्पामा धेरै हावा चल्छ, ११ बजेदेखि ६ बजेसम्म हावा बढी चल्ने समय हो । त्यस घटना भएको दिन पनि बढी हावा चलेको थियो । आगो हावाले उडाएर सेना भएतिर आएछ अनि घटना घटेको रहेछ”, उहाँले सुनाउनुभयो, “उक्त घटनासँगै अब त जङ्गल गएर आगो निभाउन पनि नेपाली सेनाहरू डराइरहनुभएको छ, हामीलाई पनि जङ्गल जोगाउँदा ज्यान जाने हो कि डर त लाग्छ नि ।” यस्तै २०६६ वैशाख १० गते पनि रामेछापमा आगलागीबाट १३ जना सेनाको ज्यान गएको थियो । उनीहरुको सम्मानमा हाल त्यहाँ स्मृति पार्क बनेको छ । उक्त घटनाले रामेछाप डिभिजनल वन अधिकृत ओमसागर भण्डारीलाई अझै तर्साइरहन्छ । “के गर्नु राज्यको जिम्मेवारी वहन गर्नैपर्छ ।”

एक वर्षअघि पनि रातको ८ बजेतिर वनमा डढेलो लागेको भन्ने सूचना उहाँलाई आयो । रात छ भनेर जङ्गलको डढेलो हेरेर बस्ने कुरा भएन । जङ्गल पनि त जोगाउनैपर्यो । उहाँ सुरक्षा टोलीसहित राति नै टर्चको सहायतामा जङ्गल पस्नुभयो । “आठ बजे घरबाट हिँडेका हामी आगो निभाएर घर आइपुग्दा बिहानको ३ बजिसकेको रहेछ”, रासससँग टेलिफोनबाट कुरा गर्दै उहाँ भन्नुहुन्छ, “भवितब्य केही पो भइहाल्छ कि भन्ने डर थियो । ज्यानको माया कसलाई हुँदैन र ?” उहाँ डढेलो नियन्त्रणको पूर्वतयारीमा राज्यको लगानी बढाउन आवश्यक रहेको बताउनुहुन्छ । सिन्धुली मरिणस्थित डिभिजनल वन अधिकृत अजय मानन्धरलाई पनि डढेलो लाग्ने समयसँगै चिन्ता बढ्न थाल्छ । आगलागी भइसकेपछि कसरी नियन्त्रण गर्ने होला भन्ने हुन्छ । “डढेलो निभाउन जङ्गल पस्नु निकै जोखिमपूर्ण काम हो । त्यसमाथि हामीसँग आगो निभाउने पुराना औजारमात्रै छन्”, उहाँले भन्नुभयो, “आफू सुरक्षित रहँदै कसरी आगलागी नियन्त्रण गर्ने भन्नेमा ध्यान जान जरुरी छ ।”

वनविज्ञ डा सोनी बराल गौलीले वनको दिगो व्यवस्थापन हुन नसक्दा वन डढेलोको घटना पनि बढिरहेको भन्दै संरक्षणमुखी वन व्यवस्थापनमा भन्दा व्यवस्थापनमुखी वन विकासमा जोड दिनुपर्ने बताउनुभएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका वन डढेलोविद् सुन्दर शर्माले डढेलो नियन्त्रणमा लगानी नबढाए नियन्त्रण गर्न नसकिने धारणा राख्नुहुन्छ । “यसै साता पनि दैनिक तीन सयभन्दा बढी स्थानमा डढेलो लाग्यो, जसले उपत्यकाको वायु प्रदूषण बढाएर विश्वकै प्रदूषित सहरका रूपमा काठमाडौँ सूचीकृत भयो”, उहाँले भन्नुभयो, “डढेलोकै कारण तीनजनाले ज्यान गुमाइसके ।” उहाँ स्याउला र पानीले मात्रै नभई डढेलो नियन्त्रणका लागि हेलिकप्टरको प्रयोग गर्न आवश्यक रहेको बताउनुहुन्छ ।

उहाँका अनुसार नेपालमा साधरणतया वर्षमा दुई हजार पाँच सयको हाराहारीमा डढेलाका घटना हुन्छन् । “असी प्रतिशत वन डढेलाको घटना फागुनको मध्यदेखि जेठको मध्यसम्म घट्छन् । चैत र वैशाखमा मात्रै ६० प्रतिशत डडेलोको घटना हुने गर्छन् । यसकारण अहिले हामी उच्च जोखिममको समयमा छौँ”, शर्माले भन्नुभयो, “मध्य फागुनदेखि जेठको मध्यसम्म डढेलाको घटना हुने भएकाले यो समयमा एकदमै सतर्क रहुपर्छ ।” वन तथा भू–संरक्षण विभागका उपमहानिर्देशक दीपक ज्ञवालीले पनि डढेलो नियन्त्रणका प्रयास भए पनि न्यूनीकरण नभएको स्वीकार गर्नुहुन्छ । न्यूनीकरणका प्रभावकारी कार्यक्रम सञ्चालन गर्न प्रदेश र स्थानीय सरकारको पनि सक्रियता बढ्न जरुरी रहेको उहाँको भनाइ छ ।

उहाँका अनुसार सबै स्थानमा वन व्यवस्थापन हुन नसक्दा थप समस्या उत्पन्न भएको छ । “वनबाट काठपात निकालेर वनलाई खुला राखिनुपर्छ, यसो नहुँदा डढेलो नियन्त्रणमा समस्या उत्पन्न हुन्छ”, उहाँले भन्नुभयो, “वन डढेलो नियन्त्रणका लागि हामीले कुन–कुन स्थानमा डढेलो लागिरहेको छ, सबै जानकारी डिभिजनल वन अधिकृतहरूको इमेलमा पठाउँछौँ, यसैका आधारमा तत्काल नियन्त्रणका लागि उहाँहरूले पहलकदमी अगाडि बढाउनुहुन्छ ।” नेपाल वन प्राविधिक सङ्घ (एनएफए)ले वन डढेलो व्यापक भएमा सङ्कटको अवस्था घोषणा गर्नुपर्ने र आवश्यक आधुनिक उपकरणको व्यवस्था हुनुपर्ने बताएको छ । “यो साता पनि व्यापक रूपमा वन डढेलो लाग्यो, डढेलोका कारण प्रदूषण ह्वात्तै बढेर जनस्वास्थ्यमा समेत असर गर्छ”, सङ्घका अध्यक्ष राकेश कर्णले भन्नुभयो, “यस्तो अवस्थामा डढेलोलाई सङ्कट घोषणा गरे, नियन्त्रणका प्रभावकारी उपाय अवलम्बन गरिनुपर्छ ।”

डढेलो नियन्त्रणमा प्रदेश सरकारबाट माग आएमा नियन्त्रणका उपकरण प्रक्रिया अगाडि बढाउन सहज हुने बताउनुहुन्छ, वन तथा वातावरण मन्त्रालयका सचिव डा दीपककुमार खराल । “अहिले वनको अधिकार प्रदेशअन्तर्गत राखिएको छ”, उहाँ भन्नुहुन्छ, “प्रदेशस्तरबाट माग भएमा डढेलो नियन्त्रणको उपकरण खरिद प्रक्रिया अगाडि बढाउन हामीलाई सहज हुने थियो ।” सामुदायिक वनहरूको छाता सङ्गठन सामुदायिक वन उपभोक्ता महासङ्घ (फेकोफन)का अध्यक्ष ठाकुर भण्डारीले पनि उपभोक्ताहरू ज्यानकै माया मारेर वन डढेलो नियन्त्रण गरिरहेको जानकारी गराउनुहुन्छ । “दैनिक रूपमा वनमा जाने गोठाला, घाँस दाउरा गर्न जाने कृषक समूह तथा जडीबुटी र काठ दाउरा सङ्कलन गर्न जानेलाई वनमा डढेलो लाग्न नदिनका लागि वन क्षेत्रमा नै गई नियमित रूपमा सचेतना अभिवृद्धि गरी निरोधात्मक उपाय अवलम्बन गर्नुपर्छ”, अध्यक्ष भण्डारीले भन्नुभयो । वन क्षेत्रमा जाँदा आगलागी गराउन सक्ने वस्तु नलैजान सचेत गराउने र वनमा आगलागी गराएमा कडा कानुनी कारबाही हुने भनी सचेत गराई निषेधात्मक उपायरु अवलम्बन गर्न आवश्यक रहेको उहाँको भनाइ छ । उहाँका अनुसार फेकोफनले आगो नियन्त्रण कसरी गर्ने भन्ने विषयमा जनचेतना अभिवृद्धि, उपभोक्ताले स्थानीय तह र सुरक्षा निकायसँग सहकार्य गरेर गरिरहेको जनाएको छ ।

वन डढेलो व्यवस्थापनका चुनौती वन तथा भू–संरक्षण विभागका अनुसार वन डढेलो निभाउन आधुनिक सामग्री तथा औजार पर्याप्त नहुनु, डढेलो निभाउन बजारमा उपलब्ध सामग्री महँगो हुनु र भएको पनि गुणस्तरीय नहुनुजस्ता चुनौती छन् । यसैगरी दक्ष जनशक्ति, पर्याप्त बजेट तथा यसबारे आवश्यक प्रचारप्रसार हुन नसक्नु मुख्य चुनौती रहेका छन् । गरिबी, अशिक्षा र सामाजिक रुढीवादी परम्पराका कारण पनि वन डढेलोबारेमा बुझाउन कठिन हुने गरेको छ । साथै दुर्गम ठाउँमा डढेलो लागेको सूचना प्राप्त हुँदा पनि भौगोलिक विकटताका कारण नियन्त्रण गर्न नसकिने व्यवस्थापनको चुनौती हो । भौगोलिक बनोट असजिलो भएको कारण अग्नि नियन्त्रक तथा अग्निरोधक साधन घटनास्थल पुग्न कठिनाइ हुने र ढिला पुग्दा डढेलो धेरै फैलिएर नियन्त्रणमा कठिनाइ हुनु चुनौतीका रूपमा छन् ।

कानुनी व्यवस्था र सरकारी रणनीति मानिसले जङ्गलमा आगो लगाएमा कारबाही हुने कानुनी व्यवस्था छ । वन ऐन २०७६ को दफा ४९ को ‘घ’ मा राष्ट्रिय वनमा आगो लगाउने वा आगलागी हुन जाने कुनै कार्य गरेमा सजाय हुने व्यवस्था गरिएको छ । “यस कसुर गर्नेलाई क्षति भएको बिगो असुल गरी तीन वर्षसम्म कैद वा रु ६० हजारसम्म जरिवाना वा दुवै सजाय हुनेछ”, ऐनमा उल्लेख छ । वन डढेलो व्यवस्थापन रणनीति, २०६७ डढेलो व्यवस्थापन गर्न आवश्यक नीतिगत तथा संस्थागत संरचनाको निर्माण एवं सुदृढीकरण गर्ने, डढेलो रोकथाम तथा नियन्त्रणमा स्थानीय समुदाय, नागरिक समाज, सरकारी तथा गैरसरकारी निकायका परिचालन गर्ने, डढेलोबाट हुनसक्ने जोखिमबारे अग्रीम जानकारी लिनका लागि पूर्वतयारी गर्नेलगायतका लक्ष्य राखेको छ । यसैगरी आगोको व्यवस्थित प्रयोगबाट पारिस्थितिकीय प्रणालीमा सकारात्मक प्रभाव र स्थानीय जनताको जीविकोपार्जनमा टेवा पुर्याउने, आन्तरिक तथा अन्तरदेशीय डढेलो विपद् तथा यसबाट उत्पन्न जलवायु परिवर्तनलगायत वातावरणीय समस्या समाधानका लागि द्विपक्षीय, बहुपक्षीय समन्वय, सहकार्य र सहयोग विस्तार गर्ने रणनीतिमा उल्लेख छ । यस रणनीतिको मुख्य लक्ष्य डढेलोबाट हुने जनधन, वन, जैविक विविधता तथा पारिस्थिकीय प्रणालीको क्षतिलाई न्यूनीकरण गर्दै यसको उचित व्यवस्थापनबाट वनको उत्पादकत्वमा टेवा पुर्याउनु रहेको छ । —

Previous Post

पढ्ने उमेरका बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

Next Post

नयाँ बर्षको सडकमै स्वागत

Next Post
नयाँ बर्षको सडकमै स्वागत

नयाँ बर्षको सडकमै स्वागत

Stay Connected

    • Trending
    • Comments
    • Latest
    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    January 16, 2024
    आमाबिनै नागरिकता

    आमाबिनै नागरिकता

    January 25, 2024
    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    May 13, 2024
    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    January 30, 2024

     सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

    0
    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    0
    How to make Shahi Paneer

    How to make Shahi Paneer

    0
    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    0
    दलका हेरफेर पेस गर्न आयोगकाे निर्देशन

    प्रतिनिधि सभा निर्वाचन ८७ दिन बाँकी : यस्ता छन् चुनाव चिह्न

    December 8, 2025
    एनसेल फाउन्डेसनले एनपीएल खेलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने

    एनसेल फाउन्डेसनले एनपीएल खेलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने

    December 8, 2025
    छाडा पशु व्यवस्थापनमा लुम्बिनी प्रदेश सरकारको अग्रसरता

    छाडा पशु व्यवस्थापनमा लुम्बिनी प्रदेश सरकारको अग्रसरता

    December 8, 2025
    सार्वजनिक संस्थानमा गरेको करिब ४७ अर्ब लगानीको हिसाब गडबड

    सार्वजनिक संस्थानमा गरेको करिब ४७ अर्ब लगानीको हिसाब गडबड

    December 8, 2025
    • About
    • Advertise
    • Privacy & Policy
    • Contact
    Call us: +977 9858020711

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    No Result
    View All Result
    • Home
    • News
      • Politics
      • Business
      • Social
      • Education
      • Environment
      • World
      • Featured News
    • Technology
    • Entertainment
    • Lifestyle
    • मुख्य समाचार
    E-paper

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Are you sure want to unlock this post?
    Unlock left : 0
    Are you sure want to cancel subscription?
    Go to mobile version