मानसिक स्वास्थ्य समस्या बढ्दै गएको र आत्महत्याका घटना समेत वृद्धि हुँदै गएपछि लुम्बिनी प्रदेश सरकारले सोको रोकथामका निम्ती आवश्यक नीतिगत नीतिगत पहलको थालनी गरेको छ ।
लुम्बिनी प्रदेशले आफ्नो मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजनाको मस्यौदा तर्जुमा अगाडी बढाएको छ । शुक्रबार लुम्बिनी प्रदेशका स्वास्थ्य सचिव डा. जनार्दन पन्थीको संयोजकत्वमा बसेको मस्यौदा तर्जुमा निर्देशक समितिको बैठकले निर्देशक समितिको कार्यविवरण समेत अनुमोदन गरेको छ ।
स्वास्थ्य मन्त्रालयका श्रोतका अनुसार उक्त बैठकले लुम्बिनी प्रदेश मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना मस्यौदा गर्नका निम्ती स्वास्थ्य मन्त्रालय अन्र्तगत नीति, योजना तथा जनस्वास्थ्यका महाशाखा प्रमुखको संयोजकत्वमा प्राविधीक कार्य समूह गठन गरी कार्यविवरण समेत स्वीकृत गरेको छ ।
सीएमसी नेपालका प्रादेशिक संयोजक हिमाल गैरेका अनुसार २०८० चैत्र ६ गते गठन गरेको निर्देशक समितिको निर्देशन अनुसार २०८१ जेठ २० भित्र प्रथम मस्यौदा प्रस्तुत गर्ने जिम्मेवारी दिईएको छ भने असार दोश्रो साता भित्र रणनैतिक कार्ययोजनालाई अन्तिमीकरण गर्ने कार्यतालिका रहेको छ ।
सन २०२० मा गरिएको मानसिक स्वास्थ्य सर्वेक्षण अनुसार लुम्बिनी प्रदेशको कुल जनसंख्या मध्ये १३ प्रतिशत जीवनभरमा र ५.४ प्रतिशत जनसंख्या विद्यमान अवस्थामा मानसिक स्वास्थ्य समस्याबाट गुज्रिएको देखाएको छ ।
नेपाल सरकारले सन् २०३० सम्म प्रतिलाखमा ४.७ पुर्याउने लक्ष्य राखी राख्दा अहिले नेपालमा आत्महत्या दर प्रतिलाखमा २३.४ रहेको छ । जस्को विश्लेषण गर्ने हो भने लुम्बिनी प्रदेशमा समेत आत्महत्याको दर वर्षेनी बढ्दो रहेको प्रदेश प्रहरीको तथ्पांकले देखाउँछ ।
© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.
© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.