बाँकेको जानकी गाउँपालिका वडा नं. ४ जानकीनगरमा डकैती गर्ने दुई जनालाई प्रहरीले पक्राउ गर्न सफल भएको छ ।
गत चैत्र २६ गते राती १२ बजेतिर पसलको सामान चाहियो भनेर दुर्गा कुमारी दमाईको घरमा हतियार सहित छिरेर कपडा, गहना, मोबाइल, नगद लुटेर भागेका मध्ये दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी प्रवक्ता, प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिएका छन् ।
पक्राउ पर्नेमा भारत बहराइचका मनेश्वर गोडिया र कलेराज कुर्मी रहेका छन् ।
‘पक्राउ परेकाहरुलाई अदालतबाट म्याद थप गरी अनुसन्धान अगाडि बढाएका छौं’, प्रहरी प्रवक्ता डाँगीले भने, ‘थप दुई सन्दिग्धको पहिचान भई खोजी भैरहेको छ ।’
‘उल्लेखित घटना भन्दा अगाडी घटेका यस्तै प्रकृतिका डाँका चोरीको घटनामा पनि निजहरुको संलग्नताको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ’, जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।
© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.
© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.