निजी गाडीमै सीमापारीबाट मालसामानको तस्करी हुने गरेको खुलासा भएको छ । बाँके प्रहरीले गरेको पछिल्लो कारवाहीका क्रममा निजी गाडीमा सीमापारीबाट धमाधम मालसामानको तस्करी फेला परेपछि गरेको कारवाहीका क्रममा उक्त कुरा खुलासा भएको हो । त्यसक्रममा शुक्रबार मात्रै बाँके प्रहरीले विभिन्न गाडीबाट साढे ६ लाख बराबरको लत्ताकपडा र हार्डवेयरको नियन्त्रणमा लिएको छ ।
‘सीमापारीबाट निजी गाडीमा अवैध रूपले मालसामान ओसारपोसार गर्दै कोहलपुर लैजाँदै गरेको सूचनाका आधारमा कारवाही गरिएको हो’, बाँके प्रहरी प्रवक्ता, प्रहरी नायब उपरीक्षक नारायण डाँगीले दैनिक नेपालगन्जसँग भने, ‘यसखालका गलत क्रियाकलाप निरुत्साहनका लागि बाँके प्रहरी क्रियाशिल भैरहेको छ ।’






























