माइक्रो बस र टिपर एकापसमा ठोक्किँदा १३ जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार मुग्लिनबाट काठमाडौँतर्फ गइरहेको बा३ख ६६१० नम्बरको माइक्रोबस र विपरीत दिशाबाट आइरहेकोे बा४ख ६४१७ नम्बरको टिपर पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना–४ कुरिनटारमा आज बिहान एकापसमा ठोक्किँदा माइक्रोबसमा सवार १३ जना घाइते भएका हुन् । घाइते दुई जनाको अवस्था गम्भीर रहेको छ । घाइतेमध्ये १२ जनालाई उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुर र एकजनालाई काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ । माइक्रोबस ‘ओभरटेक’ गर्ने क्रममा टिपरसँग ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनापछि केहीबेर अवरुद्ध भएको राजमार्ग खुलेको छ ।
माइक्रोबस र टिपर ठोक्किँदा १३ जना घाइते, दुईको अवस्था गम्भीर
- Dainik Nepalgunj

- Categories: News
Related Content
फोटो फेस्टिवलको पिपुल्स च्वाइस अवार्ड नेपालगन्जका अमितलाई
by
Dainik Nepalgunj
June 19, 2025
कोरोनाका बिरामी देखिँदैः सात दिनमा ३० जनामा सङ्क्रमण
by
Dainik Nepalgunj
June 19, 2025
दैलेखको जलजलेमा मिथेन ग्यासको विशाल भण्डारण भएको पुष्टि
by
Dainik Nepalgunj
June 19, 2025
छ स्थानमा राजमार्ग अवरुद्ध, चार ठाउँमा एकतर्फी यातायात सञ्चालन
by
Dainik Nepalgunj
June 19, 2025
जाजरकोट भूकम्पको पीडामा आधारित तस्बिर ‘वर्ष फोटो’
by
Dainik Nepalgunj
June 19, 2025