माइक्रो बस र टिपर एकापसमा ठोक्किँदा १३ जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार मुग्लिनबाट काठमाडौँतर्फ गइरहेको बा३ख ६६१० नम्बरको माइक्रोबस र विपरीत दिशाबाट आइरहेकोे बा४ख ६४१७ नम्बरको टिपर पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना–४ कुरिनटारमा आज बिहान एकापसमा ठोक्किँदा माइक्रोबसमा सवार १३ जना घाइते भएका हुन् । घाइते दुई जनाको अवस्था गम्भीर रहेको छ । घाइतेमध्ये १२ जनालाई उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुर र एकजनालाई काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ । माइक्रोबस ‘ओभरटेक’ गर्ने क्रममा टिपरसँग ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनापछि केहीबेर अवरुद्ध भएको राजमार्ग खुलेको छ ।
माइक्रोबस र टिपर ठोक्किँदा १३ जना घाइते, दुईको अवस्था गम्भीर
- Dainik Nepalgunj

- Categories: News
Related Content
लिट्मस इन्डस्ट्रिजद्वारा नेपालको ऊर्जा क्षेत्रका सरोकारवालाबीच पहिलो ‘पावर पार्टनर्स मिट’ आयोजना
by
Dainik Nepalgunj
September 28, 2026
‘हनी ट्रयाप’मार्फत ब्ल्याकमेलिङ गरेको आरोपमा महिला पक्राउ
by
Dainik Nepalgunj
September 28, 2026
बाढी–पहिरोमा नेपाली सेनाको सक्रियता
by
Dainik Nepalgunj
September 28, 2026
हरित अभियन्ता काफ्ले रोटरीको मानार्थ सदस्य
by
Dainik Nepalgunj
September 27, 2026
वडा अधिवेशन गर्दै इतर समूह
by
Dainik Nepalgunj
September 27, 2026