घरमै पुगेर बीमा रकम भुक्तान

सानिमा रिलायन्स लाईफ ईन्स्योरेन्स लिमिटेडले घातक रोग बिमा दाबि भुक्तानी गरेको छ ।

कम्पनीले बिमित अमृता सुनारको २ लाखको जीवन बिमा गरे बापत दुबै मृर्गौला फेल भई निरन्तर डाईलोसिस गर्नु पर्ने भएपछि २ लाख घातक रोग बिमा दाबि भुक्तान गरेको हो ।

बिमित सुनारको घर खजुरा गाउपालिका –२ , एल गाउँ पुगेर २ लाख रूपैयाको चेक कम्पनिका क्षेत्रीय प्रबन्धक दिपक कुमार वलि मार्फत हस्तान्तरण गरेको हो ।

कार्यक्रममा कम्पनीको खजुरा उपशाखा प्रमुख भिममाया बिक, एमडिआरटी एजेन्सी झलक कुमार चन्द, एजेन्सी मेनेजर कृष्णराज अर्याल, एजेन्सी अमृता रोका मगर सहित स्थानीय ब्यक्तिहरूको उपस्थिति रहेको थियो ।

Exit mobile version