भारतमा आज लोकसभा निर्वाचनका लागि सातौँ तथा अन्तिम चरणको मतदान हुँदैछ । यस निर्वाचनका लागि सात राज्य र एक केन्द्र शासित प्रदेशका ५७ सिटमा मतदान हुँदैछ । पञ्जाब र उत्तर प्रदेशका १३–१३ सिट, पश्चिम बङ्गालका नौ सिट, बिहारका आठ, उडिसाका छ, हिमाचल प्रदेशका सबै चार सिट, झारखण्डका तीन सिट र चण्डीगढको एक सिटमा आज मतदान हुँदैछ । लोकसभा चुनावको अन्तिम चरणको प्रचारप्रसार बिहीबार साँझ सम्पन्न भएको थियो । प्रधानमन्त्री नरेन्द्र मोदी, कांग्रेस नेता राहुल गान्धी र अन्य धेरै दलका नेता अन्तिम चरणको निर्वाचनमा चुनावी मैदानमा हुनुहुन्छ । यो निर्वाचनमा कूल नौ सय चार जनाले उम्मेदवारी दिएका छन् । सात चरणको लोकसभा चुनावको लामो प्रचारका क्रममा प्रधानमन्त्री मोदीले ७५ दिनमा दुई सयभन्दा बढी प्रचार कार्यक्रमहरू आयोजना गर्नुभयो । यसमा ¥यालीहरू र रोड शोहरू समावेश थिए । आफ्नो चुनावी अभियान समाप्त गरेपछि प्रधानमन्त्री मोदी बिहीबार साँझ तमिलनाडूको कन्याकुमारीमा विवेकानन्द रक मेमोरियलमा ध्यानका लागि पुग्नुभएको थियो । ध्यान आजसम्म जारी रहनेछ । ध्यानमण्डपममा स्वामी विवेकानन्दले ध्यान गरेको ठाउँमा प्रधानमन्त्री मोदीले दिनरात ध्यान गर्नुहुने बताइएको छ । लोकसभा चुनावको अघिल्लो छ चरणको मतदान अप्रिल १९, अप्रिल २६, मे ७, मे १३, मे २० र मे २५ मा भएको थियो । मतगणना जुन ४ अर्थात मङ्गलबार सुरु हुनेछ र नतिजा सोही दिन आउने अपेक्षा गरिएको छ ।
भारतमा आज लोकसभा निर्वाचनको अन्तिम चरणको मतदान
- Dainik Nepalgunj

- Categories: World
Related Content
इरान वार्तामा हतार छैन : ट्रम्प
by
Dainik Nepalgunj
August 27, 2026
स्पेनमा शताब्दीपछिको सूर्यग्रहण
by
Dainik Nepalgunj
August 13, 2026
कोलम्बियामा शक्तिशाली भूकम्प, १११ जनाको मृत्यु
by
Dainik Nepalgunj
August 11, 2026
विस्फोटक ड्रोनले जर्मन विमानस्थलमा सुरक्षा चुनौती
by
Dainik Nepalgunj
August 6, 2026
डिसेम्बरमा फर्कने हसिनाको घोषणा
by
Dainik Nepalgunj
August 6, 2026