भारतमा आज लोकसभा निर्वाचनका लागि सातौँ तथा अन्तिम चरणको मतदान हुँदैछ । यस निर्वाचनका लागि सात राज्य र एक केन्द्र शासित प्रदेशका ५७ सिटमा मतदान हुँदैछ । पञ्जाब र उत्तर प्रदेशका १३–१३ सिट, पश्चिम बङ्गालका नौ सिट, बिहारका आठ, उडिसाका छ, हिमाचल प्रदेशका सबै चार सिट, झारखण्डका तीन सिट र चण्डीगढको एक सिटमा आज मतदान हुँदैछ । लोकसभा चुनावको अन्तिम चरणको प्रचारप्रसार बिहीबार साँझ सम्पन्न भएको थियो । प्रधानमन्त्री नरेन्द्र मोदी, कांग्रेस नेता राहुल गान्धी र अन्य धेरै दलका नेता अन्तिम चरणको निर्वाचनमा चुनावी मैदानमा हुनुहुन्छ । यो निर्वाचनमा कूल नौ सय चार जनाले उम्मेदवारी दिएका छन् । सात चरणको लोकसभा चुनावको लामो प्रचारका क्रममा प्रधानमन्त्री मोदीले ७५ दिनमा दुई सयभन्दा बढी प्रचार कार्यक्रमहरू आयोजना गर्नुभयो । यसमा ¥यालीहरू र रोड शोहरू समावेश थिए । आफ्नो चुनावी अभियान समाप्त गरेपछि प्रधानमन्त्री मोदी बिहीबार साँझ तमिलनाडूको कन्याकुमारीमा विवेकानन्द रक मेमोरियलमा ध्यानका लागि पुग्नुभएको थियो । ध्यान आजसम्म जारी रहनेछ । ध्यानमण्डपममा स्वामी विवेकानन्दले ध्यान गरेको ठाउँमा प्रधानमन्त्री मोदीले दिनरात ध्यान गर्नुहुने बताइएको छ । लोकसभा चुनावको अघिल्लो छ चरणको मतदान अप्रिल १९, अप्रिल २६, मे ७, मे १३, मे २० र मे २५ मा भएको थियो । मतगणना जुन ४ अर्थात मङ्गलबार सुरु हुनेछ र नतिजा सोही दिन आउने अपेक्षा गरिएको छ ।
भारतमा आज लोकसभा निर्वाचनको अन्तिम चरणको मतदान
- Dainik Nepalgunj

- Categories: World
Related Content
किएभमा भएको रूसी आक्रमणमा चार जनाको मृत्यु : नगर प्रमुख
by
Dainik Nepalgunj
June 6, 2025
पुटिन ‘आगोसँग खेलिरहनुभएको छ’– ट्रम्प
by
Dainik Nepalgunj
May 28, 2025
चीनको अन्तरिक्ष यात्रा : ब्रह्माण्ड बुझ्ने दिशामा नयाँ पाइला
by
Dainik Nepalgunj
May 27, 2025
इरान–अमेरिका आणविक वार्ताः विवादका मुख्य बुँदाहरू
by
Dainik Nepalgunj
May 25, 2025
ट्रम्पद्वारा आयातमा भारी करको घोषणा, एप्पल पनि निशानामा
by
Dainik Nepalgunj
May 24, 2025