संयुक्त राष्ट्रसङ्घले बुधबार अफगानिस्तानमा दर्जनौँ मानिसहरूलाई सामुहिक कुटपिट गरिएको भन्दै तालिबान अधिकारीहरूलाई यो अभ्यास अन्त्य गर्न आह्वान गरेको छ । अफगानिस्तानमा संयुक्त राष्ट्रसङ्घीय मिसन (युएनएएमए) ले उत्तरी सारिपुल प्रान्तमा मङ्गलबार करिब ६३ जनालाई कोर्रा प्रहार गरी सार्वजनिक रूपमा कुटपिट गरिएको जनाएको छ । “युएनएएमएले शारीरिक दण्डको निन्दा गर्दछ र अन्तर्राष्ट्रिय मानव अधिकार दायित्वहरूको सम्मान गर्न आह्वान गर्दछ,” मिसनले एक्समा पोस्ट गरिएको एक विज्ञप्तिमा उल्लेख गरेको छ । सन् २०२१ अगस्टमा सत्तामा फर्किएपछि तालिबान अधिकारीहरूले इस्लामिक कानून शरियाको पुन व्याख्या गरेका छन् । जनताले सार्वजनिक मृत्युदण्ड र शारीरिक यातनाहरु भोगिरहेका छन् । चोरी, व्यभिचार र रक्सी सेवनजस्ता अपराधका लागि तालिबान सरकारले कोर्रा प्रहार (कडा सजाय) गर्ने गरेको छ ।
अफगानिस्तानमा सामुहिक कुटपिटको घटनाप्रति राष्ट्रसङ्घद्वारा चासो व्यक्त
- Dainik Nepalgunj

- Categories: World
Related Content
बङ्गलादेशले फेब्रुअरी चुनावका लागि ४० हजार बडी क्याम किन्ने
by
Dainik Nepalgunj
August 10, 2025
चीन र रुसद्वारा जापान सागरमा संयुक्त अभ्यास सुरु
by
Dainik Nepalgunj
August 3, 2025
गाजावासीलाई नगद सहायता दिइए पनि बजारमा खाद्यान्न अभाव : संयुक्त राष्ट्रसंघ
by
Dainik Nepalgunj
August 2, 2025
विश्व व्यापारलाई पुनः आकार दिन दर्जनौँ देशमाथि कर लगाउने ट्रम्पको आदेश
by
Dainik Nepalgunj
August 1, 2025
गाजामा इजरायली हवाई आक्रमण : चालिस भन्दा बढीको मृत्यु
by
Dainik Nepalgunj
July 14, 2025