स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा रु चार हजारले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाला सुन आजका लागि प्रतितोला रु एक लाख ४१ हजार निर्धारण भएको छ । शुक्रबार छापावाला सुन तोलामा रु एक लाख ४५ हजारमा कारोबार भएको थियो । यस्तै तेजाबी सुन तोलामा रु एक लाख ४० हजार तीन सय निर्धारण गरिएको छ । शुक्रबार तेजाबी सुन प्रतितोला रु एक लाख ४४ हजार तीन सयमा कारोबार भएको थियो । त्यस्तै चाँदीको मूल्य तोलामा रु ७५ ले घटेको छ । शुक्रबार तोलामा रु एक हजार नौ सयमा कारोबार भएको चाँदी आजका लागि भने रु एक हजार आठ सय २५ निर्धारण भएको छ ।
सुनको मूल्य तोलामा चार हजारले घट्यो
- Dainik Nepalgunj

- Categories: News
Related Content
डुडुवामा मनपरी खर्च
by
Dainik Nepalgunj
June 17, 2025
जुम्लामा ट्रयाक्टर दुर्घटनाः एक जनाको मृत्यु, चार घाइते
by
Dainik Nepalgunj
June 17, 2025
लुम्बिनीमा खाद्यान्न उत्पादनमा वृद्धि
by
Dainik Nepalgunj
June 17, 2025
नेपाल युवा उद्यमी मन्चको नेतृत्वमा डा. मिश्र
by
Dainik Nepalgunj
June 15, 2025
उद्योग संघमा अन्सारीको नेतृत्व
by
Dainik Nepalgunj
June 15, 2025