चिसोका कारण नेपालगन्जका विद्यालय बन्द

नेपालगन्ज । अत्यधिक चिसो बढेपछि नेपालगन्जका विद्यालयहरु बन्द गरिएको छ । नेपालगन्ज उपमहानगरपालिकाले भोलि बिहीबारदेखि शनिबारसम्मका लागि यहाँका सामुदायिक, संस्थागत र धार्मिक विद्यालयहरु बन्द गर्ने निणर्य गरेको हो ।

अत्यधिक चिसो र शीतलहरले विद्यालय सञ्चालनमा कठिनाइ भएपछि विद्यालय बन्द गरिएको शिक्षा, युवा तथा  खेलकुद महाशाखाका उपसचिव गार्खबहादुर थापाले जनाए ।

Exit mobile version