भेरी अस्पतालको मेसुको जिम्मेवारी डा. थापालाई

भेरी अस्पताल नेपालगन्जको प्रमुख मेडिकल सुपरिन्टेन्डेन्टको जिम्मेवारी डा. प्रकाश थापालाई दिइएको छ ।

अस्पतालका वरिष्ठ कन्सल्टेन्ट अर्थोपेडिक सर्जन थापा दशौं तहका चिकित्सक हुन् ।

अस्पतालमा यसअघि प्रमुख मेसु डा.पवनजंग रायमाझी थिए ।

यसअघि पनि मेसुको जिम्मेवारी सम्हालिसकेका डा. थापाले कोरोनाकालमा बिरामीको उपचार तथा व्यवस्थापनमा निर्वाह गरेको भूमिकाको प्रशंसा हुँदै आएको छ ।

Exit mobile version