भेरीमा थापाले सम्हाले जिम्मेवारी

भेरी अस्पताल नेपालगन्जको मेडिकल सुपरिटेन्डन्ट जिम्मेवारी डा. प्रकाश थापाले सम्हालेका छन् । मन्त्री स्तरीय निर्णयबाट नियुक्त भएका डा. थापाले मंगलबार जिम्मेवारी सम्हालेका हुन् ।

यसअघि २०७५ जेठ ४ देखि चार महिनाका लागि मात्रै मेसुको जिम्मेवारी सम्हालेका डा. थापा २०७६ फागुन ८ गतेदेखि २०७८ असोज १७ गतेसम्म उक्त जिम्मेवारीमा थिए ।

कोरोनाकालमा स्वास्थ्य क्षेत्र अस्तव्यस्त रहँदा सफल कार्यभार सम्हालेर चर्चामा रहेका डा. थापा तेस्रो पटक मंगलबार उक्त जिम्मेवारी सम्हालेका हुन् ।

‘तीन वटा प्रदेशको सामुदायिक स्वास्थ्यको नेतृत्व लिएको भेरीमा गर्नुपर्ने धेरै काम छन्’, डा. थापाले आफ्नो कार्यभार सम्हालेपछि दैनिक नेपालगन्जसँग भने, ‘यसअघिका नेतृत्वले अघि सारेका सकारात्मक कदमलाई निरन्तरता दिंदै थप योजनाका साथ अगाडि बढ्ने छु ।’

Exit mobile version