आदिकवि भानुभक्तको सम्झनामा प्रभातफेरी

शनिबार आदिकवि भानुभक्त आचार्यको २११ औं जन्मजयन्ती मनाइएको छ । नेपालगन्जमा भेरी साहित्य समाज, केन्द्रीय समिति, भानुभक्त चोक संरक्षण तथा व्यवस्थापन समिति र महेन्द्र पुस्तकालय, नेपालगन्जको आयोजनामा भानुभक्त चोक नेपालगन्जमा प्रभातफेरी सहित सभाको आयोजना गरिएको छ ।

वरिष्ठ साहित्यकार कथाकार नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव सनत रेग्मीको प्रमुख आतिथ्यता, लुम्बिनी प्राविधिक वि.वि.सेवा आयोगका सदस्य प्रा.डा.कृष्ण प्रसाद घिमिरेको विशिष्ट आतिथ्यता तथा अन्य साहित्यिक वरिष्ठ व्यक्तित्वहरू, संघ संस्थाहरूको समुपस्थितिमा आदिकवि भानुभक्तको शालिकमा माल्यार्पण, धुपदीप, अबिर अर्पण गरी श्रद्धाञ्जली पश्चात् प्रभातफेरी गरी महेन्द्र पुस्तकालयमा गई सभामा परिणत भएको थियो । प्रभातफेरीको क्रममा “आदिकवि भानुभक्त आचार्य अमर रहुन’्, “हाम्रो भाषा, हाम्रो भेष प्राणभन्दा प्यारो छ” जस्ता नाराहरूले गुन्जायमान भएको थियो ।

सभामा २११ औं जन्म जयन्ती कार्यक्रम भानुभक्त चोक संरक्षण तथा व्यवस्थापन समिति, ने.ग.का अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठको अध्यक्षता, प्रमुख अतिथि वरिष्ठ साहित्यकार कथाकार नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव सनत रेग्मीको प्रमुख आतिथ्यता, लुम्बिनी प्राविधिक वि.वि.सेवा आयोगका सदस्य प्रा.डा.कृष्ण प्रसाद घिमिरेको विशिष्ट आतिथ्यता, भेरी साहित्य समाज, केन्द्रीय समितिका अध्यक्ष ईन्द्र बहादुर बस्नेत, सल्लाहकार हरि तिमिल्सेना, पूर्णलाल चुके, महेन्द्र पुस्तकालयका अध्यक्ष बलराम यादव तथा अन्यको समुस्थितिमा सम्पन्न भएको थियो ।

कार्यक्रममा आदिकवि भानुभक्त आचार्यको बारेमा वृस्तित रूपमा प्रकाश पारिएको थियो भने विभिन्न साहित्यिक स्रष्टाहरू रामचन्द्र आचार्य, भिम बहादुर शाही, पद्मा रिजाल, सुधा वास्कोटा ढकाल, गीता अर्याल, सुन्दर गुरुङ्ग, कल्पना पौडेल जिज्ञासु, पुष्पा श्रेष्ठ, ब्रह्माकुमार कृष्ण ब.रानाभाट, ईन्दिरा अधिकारी आदिले आ आफ्नो सृजना वाचन गरेका थिए ।

२११ औं भानुभक्त जयन्तीको उपलक्ष्यमा 
 
आकर्षित भएँ म साहित्य सिर्जनातिर तिम्रै कारणले
 
ब्र.कु.कृष्ण बहादुर रानाभाट, नेपालगंज, बाँके ।
 
      बाल पनमा पढेका, सुनेका ती कविता गुन्जिरहेछन् आज पनि ।
      त्यही आधारमा कहिले काहिं कविता लेख्ने गर्छु आज पनि ।।
      आकर्षित भएँ म साहित्य सिर्जनातिर तिम्रै कारणले ।
      त्यही गोरेटोको सहयात्री बनेका छौं हामी आज पनि ।। 
      बाल पनमा पढेका ती कविता गुन्जिरहेछन् आज पनि ।
 
घाँसीबाट प्रेरणा लियौ, हामीलाई पाठ सिकायौ तिमीले ।
महाकवि, आँशुकवि, थुप्रै कवि र साहित्यिक सर्जकहरु बनायौ तिमीले । 
समयले कोल्टो फेरिसकेछ, २११ वर्ष भई सकेछ आज ।
पुर्वज बनेर फेरि झक्झकायौ, सम्झन बाध्य बनायौ तिमीले ।। 
घाँसीबाट प्रेरणा लियौ, हामीलाई पाठ सिकायौ तिमीले ।
 
     एउटा अठोट मनमा आएको छ, साहित्यिक जागृति पलाएको छ ।
     श्रद्धा स्वतस्फूर्त मनमा आएको छ, सत्प्रेरणा सबैमा जागेको छ ।।
     कोटि कोटि नमन छ, माल्र्यापण छ आदर्श, विशिष्ट प्रतिभा प्रति ।
     तीन वटै संस्थाका सबैमा र हामीमा छुट्टै खुशी छाएको छ ।।
     एउटा अठोट मनमा आएको छ, साहित्यिक जागृति पलाएको छ ।
 
सिर्जना आफैसँग रमाउन सिकाउने अचम्मको जादु हो ।
साहित्यिक सर्जक परिवारसँग रमाउने अचम्मको जादु हो ।।
सानो प्रयास गरें मैले, आदिकविबाट प्रेरणा लिंए मैले ।
यहि नैं योग हो, प्रयोग हो, आफैसँग रमाउने अचम्मको जादु हो ।।
सिर्जना आफैसँग रमाउन सिकाउने अचम्मको जादु हो ।
 
        निरन्तर प्रयास गरे के हुँदैन र, हौसला आफै थपिने ।
        सत्कर्म गरे के हुँदैन र, आशिर्वाद आफै थपिने ।
        ईश्वरको साथ चाहिन्छ, आध्यात्मिकता पनि चाहिन्छ अब ।
        आदिकविलाई अगाडि राखे शब्द रचना आफै थपिने ।।
निरन्तर प्रयास गरे के हुँदैन र, हौसला आफै थपिने ।
 
(भेरी साहित्य समाज, केन्द्रीय समिति, भानुभक्त चोक संरक्षण तथा व्यवस्थापन समिति र महेन्द्र पुस्तकालय, नेपालगंजको आयोजनामा आदिकवि भानुभक्त आचार्यको २११ औं जन्म जयन्ती कार्यक्रममा वाचन गरिएको )

 

Exit mobile version