आज साउन १ गते । नयाँ आर्थिक बर्ष २०८१/०८२ को पहिलो दिन । प्रत्येक बर्ष साउन १ गते नयाँ आर्थिक बर्ष सुरु हुने गरेको छ । आर्थिक क्षेत्रले आजको दिनलाई नयाँ बर्षका रूपमा लिने गरेका छन् । सरकारले ल्याउने नयाँ कतिपय विषयहरू आजकै दिनदेखि लागु हुने गरेको छ । आर्थिक क्रियाकलाप गर्ने जो कोहीको हरहिसाब सोमबार टुंगो लगाएर आजदेखि नयाँ सुरुवात गर्दैछन् ।
सरकारले गत जेठमा बजेट ल्याउँदा घोषणा गरेका कतिपय विषय साउन १ देखि लागु हुने गरेका छन् । आज देखि आयकरमा परिवर्तन भएका केही बुँदाहरू आजबाट लागु हुँदैछ ।
अवकाश कोषको हितग्राही व्यक्तिलाई ५ लाख रूपैयाँसम्मको आयमा कर नलाग्ने व्यवस्था आजदेखि लागु हुँदैछ ।
कुनै आय वर्षमा स्वीकृत अवकाश कोषको हिताधिकारी प्राकृतिक व्यक्तिले अवकाश कोषमा अवकाश योगदान गर्दा ५ लाख रूपैयाँ वा उसको निर्धारण योग्य आयको एक तिहाइमा जुन घटी हुन्छ सो रकमसम्म आफ्नो
करयोग्य आयबाट घटाउन सकिने व्यवस्था गरिएको छ । हालसम्म यस्तो रकम तीन लाख रूपैयाँ थियो । आजबाट लागू हुनेगरी सो रकमको सीमा ५ लाख पु¥याइएको छ ।
यस्तै आयकर नियमावलीको नियम १७ मा पनि संशोधन गरेर औषधी उपचार बापतको कर मिलान गर्न पाउने रकमको सीमा पनि बढाएर १ हजार ५ सय रूपैयाँ पु¥याइएको छ ।
कुनै आय वर्षमा प्राकृतिक व्यक्तिबाट दाबी गरिएको औषधी उपचार रकम एक हजार ५ सय रूपैयाँ सम्म कर मिलान हुनेछ । अहिले सम्म यस्तो रकम सात सय पचास रूपैयाँ छ । आजबाट १ हजार ५ सय हुनेछ ।
यस्तै कर दाताले व्यवसायको नाममा खोलेको बैंक खाताको विवरण आन्तरिक राजस्व विभागले निर्धारण गरे बमोजिम बुझाउनुपर्ने व्यवस्था गरिएको छ । यस अघि यस्तो व्यवस्था थिएन ।