जिल्ला अदालत बाँकेमा पारिवारिक इजलासको सुरु गरिने भएको छ । पारिवारिक विवादसम्बन्धी मुद्दाको सुनुवाइ छिटोछरितो बनाउने उद्देश्यले यही साउन १६ गतेदेखि पारिवारिक अदालत (फेमिली कोर्ट) स्थापना गरिएको हो । महिलावादी भएका अंश मुद्दा, नाता कायम, घरेलु हिंसा, बालबालिकाको सरोकार रहेका देवानी मुद्दा हेर्ने गरी छुट्टै इजलास सुरु गर्न लागिएको बाँके जिल्ला अदालतका न्यायाधीश भीष्मराज प्रसाईंले जानकारी दिनुभयो । यही साउन १६ गतेदेखि छुट्टै इजलासबाट उक्त मुद्दाको सुनुवाइ गरिने जनाउँदै न्यायाधीश प्रसाईंले सोका लागि आवश्यक तयारी भइरहेको बताउनुभयो । उहाँका अनुसार काठमाडौँ, मोरङ, कास्की, बाँके, धनुषा र रुपन्देही जिल्ला अदालतमा यस्तो इजलास सुरु भइसकेको छ ।
जिल्ला अदालत बाँकेमा पारिवारिक इजलास
- Dainik Nepalgunj

- Categories: News
Related Content
एआइलाई सिकाइँदै थारुभाषा
by
Dainik Nepalgunj
September 26, 2026
बर्षाले जनजीवन प्रभावित
by
Dainik Nepalgunj
September 26, 2026
किसानलाई सतर्क रहन आग्रह
by
Dainik Nepalgunj
September 26, 2026
फुटसल : पहिलो दिन तीन टोली विजयी
by
Dainik Nepalgunj
September 26, 2026
प्रथम केशव श्रेष्ठ स्मृति कप तेक्वान्दो प्रतियोगिता असोज १० र ११ गते नेपालगञ्जमा
by
Dainik Nepalgunj
September 25, 2026