वैश्य समाजद्वारा शोकसभा

पछिल्ला ठूला घटनामा ज्यान गुमाउने नेपालीहरूको श्रद्धाञ्जली स्वरूप कसौंधन वैश्य समाज, युवा मञ्च तथा महिला मञ्च नेपालगन्जले सोमबार साँझ शोक सभा गरेका छन् ।

समाजका अध्यक्ष सन्तोष कुमार वैश्यका अनुसार, मुलुकलाई निकै ठूलो मानवीय क्षति हुने गरी भएको त्रिशुली बस घटना तथा सौर्य एयरको जहाज दुर्घटना लगायत विपद्जन्य घटनामा ज्यान गुमाउने सबै नेपालीहरूको दीर्घ शान्तिका लागि शोकसभाको आयोजना गरिएको हो ।

शोकसभामा श्रद्धाञ्जलीसँगै स्वर्गबासको कामना सहित मृतकको सम्मानमा दीप प्रज्वलन गरिएको अध्यक्ष वैश्यले जानकारी दिए । नेपालगन्जको त्रिभुवन चोकमा गरिएको शोकसभामा समाजका निवर्तमान अध्यक्ष नन्दलाल वैश्य, युवा तथा महिला मञ्चका पदाधिकारीहरू, समाजका प्रतिनिधिको सहभागिता रहेको थियो ।

Exit mobile version