- प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको बिहीबारको बैठकमा प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भ्रष्टाचार निवारण ऐन-२०५९ लाई संशोधन गर्न बनेको विधेयकमा प्रस्ताव गरिएको भ्रष्टाचार मुद्दा दायर गर्नका लागि ५ वर्षे हदम्याद राख्ने र अख्तियारले अदालतमा मुद्दा दायर गर्दैमा निलम्बन हुने व्यवस्थामा छलफल गरेर निष्कर्ष निकाल्नुपर्ने बताएका छन् ।
- धनुषाको ढल्केबरबाट महोत्तरीको लोहारपट्टीसम्मको १३२ केभी डबल सर्किट प्रसारण लाइन निर्माण सकिएको छ । ढल्केबर–लोहारपट्टी प्रसारण लाइन र लोहारपट्टी १३२ केभी सबस्टेसन निर्माण सम्पन्न गरी बुधबारबाट सञ्चालनमा (चार्ज) ल्याइएको छ ।
- प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको १०० दिने कार्ययोजनाबारे छलफल गरेका छन् । बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको कार्यक्रममा गत आर्थिक वर्षको प्रगति समीक्षा, चालु आर्थिक वर्षका बजेट र कार्यक्रम कार्यान्वयन योजनाका साथै वर्तमान सरकारको १०० दिनभित्र गरिने मुख्य-मुख्य कामबारे छलफल भएको थियो ।
- सहकारी ठगी प्रकरणमा जोडिएका गितेन्द्रबाबु (जीबी) राईमाथि अनुसन्धान गर्न नेपाल प्रहरीको टोली मलेसिया पठाउन लागिएको छ । प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयलाई पत्राचार गर्दै नेपाल प्रहरीका दुई अधिकृत मलेसिया पठाउनेबारे सहजीकरण गरिदिन आग्रह गरेको छ ।
- विश्व स्वास्थ्य संगठन(डब्लूएचओ)ले अफ्रिकाका केही भागहरूमा मंकीपक्स ‘एमपक्स’ प्रकोप फैलिएपछि विश्वव्यापी स्वास्थ्य आपत्काल घोषणा गरेको छ।
- वैदेशिक रोजगारीको मान्यता नपाएको भारतीय रोजगारीमा रहेको नेपाली श्रमिकलाई श्रम आप्रवासनको प्रणालीभित्र ल्याउनुपर्ने विषय प्रस्तावित श्रम आप्रवासन नीति–२०८१ को मस्यौदामा परेको छ ।
- सिन्धुलीमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । ११ जना घाइते भएका छन् । बिहीबार बिहान सवा ९ बजेतिर कमलामाई नगरपालिका–२ चियाबारी नजिक बीपी राजमार्गमा गोलञ्जोरबाट सिन्धुलीतर्फ आउँदै गरेको बा २० च ८२८३ नम्बरको जिप आफैं अनियन्त्रित भई दुर्घटनामा परेको थियो ।
- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले हेल्लो सिएम सेवा सुरु गरेका छन् । यसअघि तत्कालीन मुख्यमन्त्री शेरधन राईले २०७४ सालमा १५–१५ दिनमा समस्या सुन्ने भन्दै ‘जनतासँग मुख्यमन्त्री’ कार्यक्रम सुरु गरेका थिए ।
देशमा आजः ८ बजे ८ खबर
