विश्व फोटोग्राफी दिवस मनाइयो

बाँके फोटोग्राफर तथा भिडियोग्राफर संघद्वारा बाँकेका बरिष्ठ फोटोग्राफर देवी प्रसाद रस्तोगीलाई सम्मान गरेको छ । १८५ औं बिश्व फोटोगा्रफी दिवसको अवसरमा नेपालगञ्जमा सोमवार आयोजित कार्यक्रममा उनलाई सम्मान गरिएको हो ।

सन् १८३९ अगष्ट १९ तारिकका दिन फ्रान्स सरकारले फोटोग्राफी दिवसको सुरुवात गरेको थियो भने बिश्वको पहिलो फेटोग्राफर लोईस डगौरे रहेको र सोही दिनलाई बिश्वब्यापी रुपमा दिवसको रुपमा मनाउदै आएको सन्दर्भमा बाँके जिल्लामा पनि यसै अनुरुप कार्यक्रम आयोजना गरिएको थियो ।

संघका अध्यक्ष शिबेन्द्र भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा २०१५ सालबाट नेपालगन्जमा फोटोग्राफी पेशालाई अनवरत रुपमा सञ्चालन गर्दै आएका रस्तोगीलाई सम्मान गरिएको थियो ।

स्वर्गीय बुवा रामचन्दीलाल रस्तोगी र माता कौशील्या देबी रस्तोगीका छोरा रस्तोगी २००६ सालमा नेपालगन्ज वडा नम्वर ११ मा जन्म भई बागेश्वरी धर्मशालामा रस्तोगीले फोटो स्टूडियो सन्चालन गर्दै हाल मनोज फोटो स्टूडियोको रुपमा नेपालगन्ज ११ स्थित आफ्नै घरमा सञ्चालनमा रहेकोे बताएका थिए ।

कार्यक्रमका प्रमुख अतिथि, नेपाल फोटोग्राफर माहासंघका केन्द्रीय सदस्य निलराज अधिकारी र बाँके फोटोग्राफर तथा भिडियोग्राफर संघका अध्यक्ष शिबेन्द्र भण्डारीद्वारा सयुक्त रुपमा सम्मान पत्र तथा दोसल्ला ओढाई सम्मान गरेका थिए । बाँकेका उल्लेख्य फोटोग्राफरहरुको उपस्थिति रहेको कार्यक्रममा नेपाल फोटोग्राफर माहासंग केन्द्रीय लेखा सदस्य तेजु के.सी द्वारा स्वागत मन्तव्य राखेका थिए भने अग्रज फोटोग्राफर हरिहर भण्डारी,प्रकास पौडेल लगाएतका बक्ताहरुले शुभकामना मन्तब्य राखेका थिए ।

सोही दिन बिहान संघद्वारा नेपालगन्ज वडा नम्वर २० पशुपति मन्दिर परिसरकमा बहुउपयोगी बहुबर्षिय बिरुवा धुपी, अमला, बेल, हर्रो, बर्रो, पारिजात, गुमोहोर लगायतका करिव ५० वटा बिरुवा रोपी बृक्षारोपण कार्यक्रम समेत सम्पन्न गरिएको थियो ।

Exit mobile version