झरीबीच मनाइयो नेपालगन्जमा गाइजात्रा

नेपालगन्जमा गाइजात्रा पर्व मनाइएको छ ।

नेवाः पुचः बाँकेको आयोजना तथा नेवाः देय दबू, बाँके लगायत सबै नेवाः गुठीहरुको सहआयोजनामा गार्ईजात्रा साःपारु महोत्सव आयोजना गरिएको हो ।

गाईजात्रा सुर्खेतरोडबाट सुरु भई घरवारी टोल, धम्बोझी चोक, सेतु बिक चोक, न्युरोड हुदै बागेश्वरी मन्दिरको पार्कमा पुगेको थियो ।

विहानै परेको झरी बीच पनि भव्य रुपमा गाइजात्रा निकालिएको हो ।

सदियौँ पुराना पर्व र परम्परालाई यहाँका नेवार समुदायले निरन्तरता दिइरहेका छन् । जनैपूर्णिमाको भोलिपल्टदेखि ती समुदायमा भदोरै जात्राको रमझम सुरु हुन्छ । ठूला चाडबाड आउनुअघि चल्ने यस्ता सांस्कृतिक जात्रा र नाचले छुट्टै रौनक ल्याउने गर्छ । नेवार जातिको लोकप्रिय नाच लाखे भने घण्टाकर्ण पर्वदेखि नै नचाउन सुरु हुन्छ ।

सबै भदौरे नाचको कथा, पृष्ठभूमि, स्वरुप र शैली भने बेग्लाबेग्लै छ । गाईजात्राका दिन निकालिने तायामचाः र बास्सा नाच दिवङ्गत आफन्तको सम्झना र मोक्ष प्राप्तिको कामनासहित निकाल्ने गरिन्छ । बास्सा नाचमा देवी, देवताको वेशभूषा र बान्कीमा सजिएर भगवान् राम, कृष्ण, विष्णु आदिका लीला प्रदर्शन गर्ने चलन छ ।

Exit mobile version