विगत १८ वर्षदेखि निरन्तर तीज महोत्सवको आयोजना हुँदै आएको बाँकेको खजुरामा यस वर्ष पनि तीज महोत्सवको १९ औं सृङ्खला हुने भएको छ । यस वर्ष धार्मिक पर्यटनको केन्द्र बनाउने उद्देश्य सहित खजुरामा संकल्प गरिएको लक्ष्मीनाराण दिब्यधामको निर्माण सहयोगार्थ महोत्सव गर्न लागिएको आयोजकले लक्ष्मी नारायण मन्दिर व्यवस्थापन समितिले जनाएको छ । पश्चिम नेपाल कै एकमात्र विराट लक्ष्मीनारायण दिब्यधाम निर्माणको सहयोगार्थ महिलाहरुको महान पर्व हरितालिका तीजका अवसरमा १९ औ तीज महोत्सव २०८१ गर्न लागिएको समितिका अध्यक्ष शिवराज श्रेष्ठले बताए । परापूर्वकाल देखि खजुरामा हुँदै आएको तीजको जमघटलाई विगत १८ वर्षदेखि महोत्सवकारुपमा खजुरामा आयोजना गरिँदै आएको स्मरण गर्दै अध्यक्ष श्रेष्ठले यसवर्षको महोत्सव धार्मिक उद्देश्य र मौलिकता प्रवर्द्धनमा केन्द्रीत हुने बताए । ‘यस वर्ष पनि विगतलाई निरन्तरता दिँदै पश्चिम नेपालकै पहिलो प्रयासकारुपमा विराट लक्ष्मीनारायण दिब्यधाम निर्माणको उद्देश्य राखेर तीज महोत्सव गर्दैछौं ।’ उनले भने । हराउँदै गएको मौलिकतालाई जोगाउन यसवर्ष पूर्णरुपमा मौलिक सामुहिक तीज नृत्य र मौलिक सामुहिक गीत प्रतियोगिता राखिएको सांस्कृतिक समितिका संयोजक मानबहादुर भण्डारीले बताए । तीजका नाममा आएका छाडा र उच्सृङ्खल गीत संगीतले समाजमा बिकृत्ति उत्पन्न गरेको बताउँदै भण्डारीले खजुराको महोत्सवमा मौलिकता र परम्पराको झल्को पस्किने प्रयास गरिने जानकारी दिए । यसवर्षको महोत्सवको सहयोग पूर्णरुपमा धार्मिक कार्यमा लगानी हुने भएकाले मन फुकाएर सहयोग गर्न आर्थिक समितिका संयोजक विजय बुढाथोकीले आह्वान गरे । दाताहरुले सहयोग गर्ने एक एक रुपैयाँ लक्ष्मीनारायणधाम निर्माणमा प्रयोग गरिने उनले बताए । उनले समाजमा विशिष्ट योगदान गर्ने ब्यक्तित्वलाई सम्मान गरिने जनाउँदै मौलिक भेषभुषामा आउने दर्शकबाट समेत एकजनालाई पुरस्कृत गरिने बताए । यसवर्ष स्टल राख्ने उद्योगी ब्यवसायीलाई आयोजकले स्थानको ब्यवस्था गरिने जानकारी दिँदै आयोजक समितिका सदस्य सचिव सुरेश खत्रीले हजारों महिला दिदीबहिनीहरुकाबीच आआफ्नो उत्पादनको प्रचार गर्न पनि सकिने बताए । त्यससँगै मौलिक र रैथाने परिकारका स्टलहरुबाट परम्परागत खानाको स्वाद समेत महोत्सवमा उपलब्ध हुने उनले जनाए । तीजका दिन (भाद्र २१) गते १ दिन संचालन हुने महोत्सवमा लाखे नाच, स्थानीय कलाकारहरुको अप्रतियोगी गीत तथा नाच पनि प्रदर्शन हुने आयोजकले जनाएको छ । तीज महोत्सवमा हरेक वर्ष खजुरामा स्वस्फुर्त हजारौंका संख्यामा महिला पुरुषको जमघट हुने गरेको छ ।
खजुरामा १९ औं तीज महोत्सव हुने
- Dainik Nepalgunj

- Categories: News
Related Content
एआइलाई सिकाइँदै थारुभाषा
by
Dainik Nepalgunj
September 26, 2026
बर्षाले जनजीवन प्रभावित
by
Dainik Nepalgunj
September 26, 2026
किसानलाई सतर्क रहन आग्रह
by
Dainik Nepalgunj
September 26, 2026
फुटसल : पहिलो दिन तीन टोली विजयी
by
Dainik Nepalgunj
September 26, 2026
प्रथम केशव श्रेष्ठ स्मृति कप तेक्वान्दो प्रतियोगिता असोज १० र ११ गते नेपालगञ्जमा
by
Dainik Nepalgunj
September 25, 2026