नवराजको ‘छुच्ची माया’

नेपालगन्जमा रहेर बाँके, बर्दियाका मौलिकतामा म्युजिक भिडियो निर्देशन गर्दै आएका नवराज सुवेदीले शिव जिएम र आरजु चौधरीको शब्द, संगीतमा कृष्णराज अधिकारी र खुश्बु थापाको युगललाई मोडलिङ गराएर म्युजिक भिडियो ‘छुच्ची माया’ ल्याएका छन् ।

शनिबार रिलिज भएको छुच्ची मायामा सिने रोयल र मेरो प्लानेटलाई सुटिङ स्पटका रूपमा प्रयोग गरिएको निर्देशक सुवेदीले जानकारी दिए ।

म्युजिक प्रडुसरका रूपमा केशव बढु छन् भने कोरियोग्राफी निर्देशक सुवेदी आफैले गरेका छन् ।

पछिल्ला दिनमा नेपालगन्जमा रहेर पत्रकारितामा सक्रिय कृष्ण राज अधिकारी मोडेलका रूपमा खुश्बु थापालाई लिएर आकर्षक ढंगले प्रस्तुत भएका छन् ।

अधिकारी काठमाडौंमा रहेर मोडलिङ गरेपनि नेपालगन्ज फर्किएपछि भने पत्रकारितामा क्रियाशिल छन् ।

Exit mobile version