क्षेत्री राष्ट्रिय छनोट समिति संयोजक चयन

नेपाल क्रिकेट संघले लेख बहादुर क्षेत्रीको संयोजकत्वमा ३ सदस्यीय राष्ट्रिय छनोट समिति गठन गरेको छ ।

संघले पूर्व कप्तान क्षेत्रीको संयोजकत्वमा युनिल श्रेष्ठ र मुर्तुजा हवारी सदस्य रहने गरी ३ सदस्यीय राष्ट्रिय छनौट समिति बनाएको हो ।

त्यसअघि संघले छनोट समितिका लागि सूचना आव्हान गरेर आवेदन माग गरेको थियो ।

Exit mobile version