नरैनापुरमा एकै गाउँका चारको मृत्यु

बाँकेको नरैनापुर गाउँपालिकामा दुई दिनमा चार जनाको मृत्यु भएको छ ।

नरैनापुर गाउँपालिकाको वडा नं. ३ गेगली गाउँमा एक्कासी परेका करिब १० जना मध्ये दुई दिनमा चार जनाको मृत्यु भएको वडाध्यक्ष अजय कुमार मिश्राले बताए ।

घटना जानकारीमा आउना साथ पालिकाबाट कर्मचारी र स्वास्थ्यकर्मीहरूको टोली वडामा पठाएको जानकारी दिंदै गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले त्यसबारे थप खोजी र सहयोगका लागि प्रमुख जिल्ला अधिकारी र स्वास्थ्य कार्यालय बाँकेलाई जानकारी गराएको बताए ।

आइतबार गेगली गाउँ पुगेका नरैनापुर गाउँपालिकाका जनस्वास्थ्य निरीक्षक नागेन्द्र कुमार शाहले बिरामीको लक्षण बताएपनि मृत्युको कारण प्रष्ट नखुलेको बताए । ‘यसबारे भोलि बिस्तृत जानकारी गराउन सक्छौं’, उनले भने ।

स्वास्थ्यकर्मी शाहले आइतबार अबेर क्षेत्रमा तत्काल समस्या नदेखिएको उल्लेख गर्दै निरीक्षक शाहले डिहाइडे«सन पाइएको एक बालकलाई भेरी अस्पताल नेपालगन्ज थप उपचारका लागि पठाएको बताए ।

वडा नं. ३ का अध्यक्ष मिश्राले एक्कसी स्वास्थ्य समस्या देखिएका ३ जनाको भारतको भिन्गामा उपचार भैरहेको बताए ।

‘मृत्यु भएका चार जनामा पेट दुख्ने, झाडापखाला आउने समस्या थियो, मृत्युको कारणबारे स्वास्थ्यकर्मी अनुसन्धानमै हुनुहुन्छ’, वडाध्यक्ष मिश्राले भने ।

Exit mobile version