लुम्बिनीका वन मन्त्री कुर्मीले दिए राजिनामा

लुम्बिनी प्रदेश सरकारका वन तथा वातावरण मन्त्री बादशाह कुर्मीले पदबाट राजिनामा दिएका छन् ।

मन्त्री कुर्मी विरुद्ध आन्दोलनका कार्यक्रम निरन्तर अघि बढिरहँदा मन्त्री कुर्मीले पद छाडेका हुन् ।

मुख्यमन्त्रीका प्रेस संयोजक दशरथ घिमिरेले मन्त्री कुर्मीले मुख्यमन्त्री समक्ष राजीनामा बुझाएको पुष्टि गरेका छन् । 

बाँकेकी एकल महिला निर्मला कुर्मीलाई अपहरण र बेपत्ता पारेको आरोप लागेका मन्त्री कुर्मी विरुद्ध महिला अधिकार मञ्च बांके सहित विभिन्न संघ–संस्थाले एक महिनादेखि काठमाडौंमा धर्ना र माइतीघर मण्डल–बालुवाटार पैदलमार्च सम्मका कार्यक्रम गरिरहेका छन् । 

मन्त्री कुर्मी विरुद्ध नेकपा बहुमतले एकलाख हस्ताक्षर अभियान संकलनको घोषणा गर्दै जिल्लामा नै निधेष गर्ने कार्यक्रम अघि बढाएको थियो । 

Exit mobile version