दाङमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । घोराही उपमहानगरपालिका–११ खुङकोटका निमकली साहुको ढुङ्गा माटोले बनेको घरमा मङ्गलबार चट्याङ लागेको थियो । चट्याङ परी घाइते भएका निमकलीका तीन वर्षीय छोरा समिर साहुको उपचारको क्रममा आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता रामप्रसाद तिमल्सिनाले जानकारी दिनुभयो । चट्याङमा परेर ४२ वर्षीया निमकली साहु र उहाँकी छ वर्षीया छोरी सविना साहु घाइते हुनुभएकामा दुवैजनाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
दाङमा चट्याङ लागेर एकको मृत्यु, दुईजना घाइते
- Dainik Nepalgunj

- Categories: News, मुख्य समाचार
Related Content
पर्यटक स्वागत गर्दै प्रवेशद्वार सरसफाई
by
Dainik Nepalgunj
September 28, 2026
पर्यटन विकासमा राज्यको सहयोग खोज्दै व्यवसायी
by
Dainik Nepalgunj
September 28, 2026
नेपालगञ्ज पर्यटन परिषद्को नयाँ कार्यसमिति सर्वसम्मत चयन, अध्यक्षमा केशवराज न्यौपाने
by
Dainik Nepalgunj
September 27, 2026
डिजिटल एजेन्डा र कृत्रिम बुद्धिमत्ताले पुनः परिभाषित गर्दै पर्यटन
by
Dainik Nepalgunj
September 27, 2026
हरित अभियन्ता काफ्ले रोटरीको मानार्थ सदस्य
by
Dainik Nepalgunj
September 27, 2026