दाङमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । घोराही उपमहानगरपालिका–११ खुङकोटका निमकली साहुको ढुङ्गा माटोले बनेको घरमा मङ्गलबार चट्याङ लागेको थियो । चट्याङ परी घाइते भएका निमकलीका तीन वर्षीय छोरा समिर साहुको उपचारको क्रममा आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता रामप्रसाद तिमल्सिनाले जानकारी दिनुभयो । चट्याङमा परेर ४२ वर्षीया निमकली साहु र उहाँकी छ वर्षीया छोरी सविना साहु घाइते हुनुभएकामा दुवैजनाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
दाङमा चट्याङ लागेर एकको मृत्यु, दुईजना घाइते
- Dainik Nepalgunj

- Categories: News, मुख्य समाचार
Related Content
इच्छाअनुसार सन्तान जन्माउन किन अनिच्छुक ?
by
Dainik Nepalgunj
June 18, 2025
सुनको मूल्य निरन्तर बढ्दो
by
Dainik Nepalgunj
June 18, 2025
श्रमिकलाई छाता
by
Dainik Nepalgunj
June 18, 2025
डुडुवामा मनपरी खर्च
by
Dainik Nepalgunj
June 17, 2025
जुम्लामा ट्रयाक्टर दुर्घटनाः एक जनाको मृत्यु, चार घाइते
by
Dainik Nepalgunj
June 17, 2025