महासंघको अध्यक्षमा माधव

नेपाल उद्योग तथा व्यवसायी महासंघ लुम्बिनी प्रदेशको शनिबार बुटवलमा भएको प्रथम अधिवेशनले माधव प्रसाद नेपालको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।

प्रदेशसमितिको उपाध्यक्षमा भाष्कर काफ्ले, उपाध्यक्षमा दधिराम खरेल, सचिवमा केशव पन्थी, कोषाध्यक्ष लक्ष्मी कार्की, सहकोषाध्यक्ष जुद्ध कुँवर निर्वाचित भएको महासंघका बाँके अध्यक्ष
भीम बहादुर रानाभाटले जानकारी दिए ।

त्यस्तै कार्यसमितिको उपसचिवमा सरोज चौधरी, उषा भण्डारी, एकराज खनाल, पुरुषोत्तम नेपाल, जमिन कक्षपति तथा सदस्यहरूमा रामचन्द्र तिवारी, नारायण पोखरेल, इश्वरीप्रसाद गौतम निर्वाचित भए ।

अध्यक्षता माधव प्रसाद नेपालको अध्यक्षतामा भएको अधिवेशनले ४५ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

महासंघका केन्द्रीय संयोजक भागिरथ सापकोटाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको सञ्चालन सचिव केशव पन्थीले गरेका थिए । कार्यक्रममा नेकपा एमाले स्थायी कमिटि सदस्य भानुभक्त ढकाल विशिष्ट अतिथि तथा अतिथिहरू एमाले केन्द्रीय सदस्य रचना खड्का, एमाले लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कंडेल, महासंघका निवर्तमान केन्द्रीय उपाध्यक्ष डेकनाथ गौतम लगायत १२ जिल्लाका पदाधिकारी तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

Exit mobile version