काँग्रेस वडाद्वारा कार्यकर्ता भेटघाट

नेपाली काँग्रेस क्षेत्र नम्बर ३ बाँके अन्तर्गत जानकी गाउँपालिका वडा नम्वर २ कार्यसमितिले शनिबार नेता कार्यकर्ता भेटघाट तथा प्रजातन्त्र सेनानीहरुलाई सम्मान गरेको छ ।

वडाका सभापति नकछेद मुराउको अध्यक्षतामा एवम् महासमिति सदस्य दुखिराम लोनियाको प्रमुख आतिथ्यतामा नेता कार्यकर्ता भेटघाट तथा प्रजातन्त्र सेनानीहरुलाई सम्मान कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि लोनियाले नेपाली काँग्रेसको पार्टी संगठन सुदृढीकरणका लागि सबै एकताबद्ध र प्रतिबद्ध भएर लाग्नुपर्ने बताए । क्षेत्रीय सदस्य तथा जानकी गाउँपालिकाकी उपाध्यक्ष रामप्यारी यादवले कार्यकर्ताहरुले सोधेको प्रश्नको जवाफ दिँदै विकास निर्माणको सवालमा जनताको भावनामाथि आफूले कहिल्यै खेलवाड नगर्ने र सधैं जनताकै साथमा रहने प्रतिबद्धता ब्यक्त गरिन् ।

कार्यक्रममा २०४६ को जनआन्दोलनदेखि २०५२ सालसम्मका प्रजातन्त्र सेनानी, नेता तथा कार्यकर्ता र नेपाली काँग्रेसका १ देखि ६ नम्वर वडाका वर्तमान वडा सभापतिहरुलाई टीका र खादा लगाई सम्मान गरिएको थियो । साथै २०७९ को स्थानीय निर्वाचनमा वडा नम्बर १, २ र ३ मा नेपाली काँग्रेसको तर्फबाट अध्यक्षको उम्मेदवार भएकाहरुलाई समेत हौसला बढाउने उद्देश्ले सम्मान गरिएको थियो ।

कार्यक्रममा महासमिति सदस्य लक्ष्मी नारायण शाह, जानकी गाउँपालिकाका सभापति दयाराम यादव, वडा नम्वर ३ का वडा सभापति विन्देश्वरी कुर्मी लगायतले आफ्नो धारणा राखेका थिए ।

Exit mobile version