८८ बर्षीय कवि भुपेन्द्रको अर्को कृति

८८ बर्षीय लेखक भुपेन्द्र प्रकाश बास्तोलाको कृति शुक्रबार सार्वजनिक गरिएको छ ।

सर्वदा साहित्य संगमद्वारा शुक्रबार नेपालगन्जमा आयोजित एक समारोहमा युवा कवि भीम प्रज्वलको कविता कृति ‘कैयौं एकहरू’ र ८८ वर्षीय लेखक भुपेन्द्र प्रकाश बास्तोलाको आख्यान कृति ‘चिरफार’को विमोचन गरिएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभा सदस्य महानन्द ढकालले ती दुई पुस्तकको विमोचन गरेका थिए भने कृतिमाथि केआर ओली, मीना बराल र राजकुमार थारूले समिक्षात्मक टिप्पणी गरेका थिए ।

कार्यक्रममा सल्यानका कवि बुद्धिप्रसाद रेग्मी, नेपालगन्जका बुद्धिजीवी डा. जनार्दन आचार्य र सुर्खेतका लेखक श्री दलजीत रसाइलीलाई सर्वदा साहित्य सम्मानले सम्मान गरियो ।

सम्मानित व्यक्तित्वको कृतित्वको बारे सर्वदा साहित्य संगमका अध्यक्ष खगेन्द्र गिरि कोपिलाले प्रकाश पारेका थिए ।

नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभा सदस्य शशिराम कार्कीको सभापतित्वमा भएको कार्यक्रममा जीतबहादुर शाह, प्रवेश शाह, गोल्डेन उद्भास, खेम बगर, इन्दिरा अधिकारी र दीपक आचार्य ‘जलन’ समेतका कविहरूले आफ्ना रचना पनि प्रस्तुत गरेका थिए ।

Exit mobile version