डडेल्धुरा ३०, असोजः डडेल्धुरामा रात्रिबस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छभने १२ जना घाइते भएका छन् । महेन्द्रनगरबाट बैतडीको पुर्चौंडी गइरहेको रात्रिबस गएराति डडेल्धुराको अमरगढी नगरपालिका–७ खस्रेखानमा दुर्घटना हुँदा चार जनाले ज्यान गुमाएका हुन् । दुर्घटनामा दुई महिला, एक पुरुष र एक शिशुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक उपेन्द्रबहादुर बमले बताउनुभयो । दुर्घटनामा बैतडीको पुर्चौंडी नगरपालिका–३ का ४५ वर्षीया जयमति बोहरा, सोही ठाउँकी २० वर्षीया कमला बोहरा, निजका छोरा र सोही ठाउँका २२ वर्षीय सहदेव बोहराको मृत्यु भएको हो । प्रहरी निरीक्षक बमका अनुसार बसचालक वीरेन्द्र बोहरा गम्भीर घाइते हुनुभएको छ । उहाँलाई उपचारका लागि धनगढी पठाइएको छ । अन्य घाइतेको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ । चालक निदाएकाले दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ । –––
डडेल्धुरामा बस दुर्घटना, चार जनाको मृत्यु
- Dainik Nepalgunj

- Categories: News, मुख्य समाचार
Related Content
भारी वर्षाको पूर्वानुमानपछि बाँकेमा विपद् प्रतिकार्य
by
Dainik Nepalgunj
September 25, 2026
बाँकेका पालिकामा कांग्रेसको नेतृत्व टुंगियो
by
Dainik Nepalgunj
September 25, 2026
व्यवसायी र पेशाकर्मी फुटसल प्रतिस्पर्धा गर्दै
by
Dainik Nepalgunj
September 25, 2026
पूर्वतयारीमै प्रश्न उठाउँदै जलस्रोत अध्येता गौतम, ‘विपद् पर्खेर बस्ने तयारीले जोखिम घटाउँदैन’
by
Dainik Nepalgunj
September 24, 2026
बालबालिकाको मुद्दामा अदालत संवेदनशील छः न्यायाधीश गौतम
by
Dainik Nepalgunj
September 24, 2026