औलो सार्ने लामखुट्टेविरुद्ध प्रयोग हुँदै आएको किटनाशक विषादीको प्रभावकारिताबारे सुदूरपश्चिम प्रदेशका दुई जिल्लामा अध्ययन–अनुसन्धानको कार्य सुरु गरिएको छ । स्वास्थ्य निर्देशनालय राजपुर डोटीको कीट अनुसन्धान प्रयोगशालाले कैलाली र कञ्चनपुरमा अनुसन्धान सुरु गरेको हो । डेल्टामेथ्रिन, अल्फासाइपरमेथ्रिन र लैम्बडासायहेलोथ्रिन नामक तीनवटा विषादी लामखुट्टेविरुद्ध विगत २५ वर्षदेखि प्रयोग हँुदै आएको छ । तीनवटै विषादीको प्रभावकारिताबारे अध्ययन भइरहेको स्वास्थ्य निर्देशनालय राजपुरका कीटजन्य अधिकृत हेमराज जोशीले बताउनुभयो । “माउथ एस्पिरेटरको माध्यबाट औलो प्रभावित क्षेत्रबाट लामखुट्टे सङ्कलनको कार्य गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “सङ्कलन गरिएका लामखुट्टेलाई ल्याबमा लगेर परीक्षण हुन्छ, एकपटकमा एक सय ५० लामखुट्टेमा अध्ययनको कार्य हुन्छ, यो प्रक्रियामा २६ घण्टा लगाएर ल्याब परीक्षणको कार्य पूरा हुन्छ ।” अध्ययनका क्रममा एक सय लामखुट्टेलाई विषादीसँग सम्पर्क गराउने र ५० लामखुट्टेलाई बिनाविषादी जस्ताको तस्तै ट्युबमा राखेर अध्ययन गरिने उहाँको भनाइ छ । विषादीसँग सम्पर्क गराएका र नगराएका लामखुट्टेको मृत्युदरको विष्लेशण गरी विषादीले काम गरे÷नगरेको निक्र्योल गरिने अधिकृत जोशीले राससलाई बताउनुभयो । उहाँका अनुसार पहिलो चरणमा कञ्चनपुरका भीमदत्त नगरपालिका–९ बाट अध्ययन सुरु गरिएको छ । एनोफिलिस फ्युवियाटिलिस नामक लामखुट्टेलाई डेल्टामेथ्रिन विषादीसँग सम्पर्क गरी अध्ययन अनुसन्धानको कार्य गरिएको छ । दोस्रो चरणमा कैलालीका मलेरिया प्रभावित क्षेत्रमा अध्ययनको कार्य गरिने भएको छ । भारतमा नौ प्रजातिका लामखुट्टेले औलो सार्ने भए पनि नेपालमा गरिएको अध्ययनमा एनोफिलिस फ्युवियाटिलिस, एनोफिलिस म्याकुलाटस कम्पलेक्स र एनोफिलिस एन्युलरिस नामक तीन प्रजातिका लामखुट्टेले औलो सार्ने गरेको पाइएको छ । लामखुट्टेको टोकाइबाट हुने औलो रोगबाट कैलाली र कञ्चनपुर उच्च जोखिममा छन् । आर्थिक वर्ष २०८०/८१ को साउनदेखि असार मसान्तसम्म औलोका बिरामीको सङ्ख्या सुदूरपश्चिम प्रदेशमा दुई सय ४७ रहेकामा आयातित बिरामीको सङ्ख्या दुई सय २९ रहेको थियो ।
लामखुट्टेविरुद्धको विषादीबारे अनुसन्धान गरिँदै
- Dainik Nepalgunj

- Categories: News, मुख्य समाचार
Related Content
महालेखाको सुझाव टेर्दैनन् स्थानीय तह
by
Dainik Nepalgunj
July 27, 2026
बाँके निकुञ्ज आउने पर्यटकको सङ्ख्या वृद्धि
by
Dainik Nepalgunj
July 27, 2026
जमुनाह नाकामा ‘बीआइटी’ टोली परिचालन
by
Dainik Nepalgunj
July 27, 2026
सार्वजनिक भयो ‘नेपालको जलस्रोत’
by
Dainik Nepalgunj
July 26, 2026
बाँकेमा ४५ हजार लगानीकर्ता टिएमएसबाट कारोबार गर्दै
by
Dainik Nepalgunj
July 26, 2026