संघमा भट्टराई विजय

कोहलपुर उद्योग वाणिज्य संघको अध्यक्ष पदमा प्रदिप भट्टराई विजयी भएका छन् । लोकतान्त्रिक प्यानलले अधिकांश पदमा विजय हासिल गरेको छ।

लोकतान्त्रिक प्यानल समूहका बरिष्ठ उपाध्यक्षमा चण्डीप्रसाद गैरे, उपाध्यक्ष बस्तुगतमा राकेश विष्ट, महासचिवमा दिपक बहादुर भण्डारी, उपमहासचिवमा राजकुमार पौडेल, कोषाध्यक्षमा भुमिराज कंडेल विजयी भएका हुन ।

यस्तै प्रगतिशिल प्यानलबाट उम्मेदवार बनेका उपाध्यक्ष उद्योगमा अर्जुन प्रसाद सुवेदी र सह- कोषाध्यक्षमा टंक प्रसाद खनाल विजयी भएका हुन् ।

यस्तै सदस्यहरुमा लोकतान्त्रिक प्यानल समूहबाट उम्मेदवार भएका अमृत प्रसाद पौडेल, अशोक गौडेल, किरण प्रसाद श्रेष्ठ, गिरधारी शर्मा सुवेदी, गौरव श्रेष्ठ, श्रीधर घिमिरे, किरण कुमार वि.क. र ममत थापा, सिता योगी अधिकारी विजयी भए प्रगतिशिलबाट अंकित सिग्देल र ढक बहादुर थारु विजयी भएका हुन् ।

एसोसियट्सतर्फ लोकतान्त्रिक प्यानल समूहका राजेन्द्र प्रसाद रिजाल विजयी भएका हुन् ।

कुल १ हजार ६ सय ६८ जना मतदाता रहेकोमा १

हजार ४ सय ९५ मत खसेको थियो ।

Exit mobile version