- कास्की जिल्ला अदालतले सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र पूर्व डीआईजी छविलाल जोशीलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।
- नेपालको कृषि क्षेत्रमा लामो समयदेखि विद्यमान ‘मिल्क होलिडे’ को समस्या अन्त्य गर्न सरकारले अब दूधलाई पाउडरमा परिणत गर्ने कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले आश्वासन दिएका छन् ।
- वाग्मती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले प्रदेश लगानी बोर्ड स्थापना गर्ने तयारीमा रहेको बताएका छन् । कान्तिपुर मिडिया ग्रुपले चितवनमा आयोजना गरेको ‘चितवन चिन्तन’ कार्यक्रममा बोल्दै मुख्यमन्त्री लामाले त्यसपछि लगानी भित्र्याउन सजिलो हुने बताए ।
- सत्तारुढ दल एमालेले कानुनबमोजिम भइरहेको काम र त्यो काममा संलग्न अधिकारीहरूलाई बाधा पार्ने गरी रास्वपा र त्यसका नेताहरूले गैरकानुनी कार्यहरू गरिरहेकाले त्यसलाई रोक्न सरकारसँग आग्रह गरेको छ । रास्वपाका सांसद, नेता र कार्यकर्ताहरूले पोखरामा पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउबारे दैनिक रूपमा गरिरहेको प्रदर्शनप्रति आपत्ति जनाउँदै एमालेले त्यस्ता गतिविधि रोक्न ध्यानाकर्षण गराएको हो ।
- सुदूरपश्चिम प्रदेश सरकारले विभिन्न सेवा समूहका ४४ जना कर्मचारीको सरुवा गरेको छ ।
बुधबार बसेको प्रमुख सचिवस्तरीय बैठकको निर्णय अनुसार इन्जिनियरिङ सेवा, वन, स्वास्थ्य र सामान्य प्रशासन सेवा समूहका गरेर ४४ जना कर्मचारीको सरुवा गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । - संयुक्त राष्ट्रसंघ दिवसको अवसरमा नेपाली सेनाको मुख्यालय जंगी अड्डामा विशेष समारोह आयोजना गरिएको छ । नेपाली सेनाको आयोजनामा भएको समारोहमा प्रमुख अतिथिको रुपमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेका थिए ।
- मेलम्ची नदीबाट काठमाडौँको सुन्दरीजलमा रहेको प्रशोधन केन्द्रमा आइरहेको प्रशोधन क्षमताभन्दा बढी भएको पानी बागमती नदीमा पठाउन थालिएको छ ।
अहिले मेलम्ची नदीबाट दैनिक २५ करोड लिटरभन्दा बढी पानी काठमाडौंमा आइरहेको भए पनि करिब १८ करोड लिटर पानी प्रशोधन गरी काठमाडौँ उपत्यकामा वितरण गरिन थालिएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी प्रमुख रत्न लामिछानेले जानकारी दिए । - सहकारी ठगी प्रकरणमा दोषीहरूलाई कारबाही र आफूहरूको बचत रकम फिर्ता हुनुपर्ने माग गर्दै पोखराका सहकारीपीडितहरूले थाल र चम्चा लिएर विरोध प्रदर्शन गरिरहेका छन् । उनीहरूले पोखरा महानगरपालिका-१७ स्थित मुस्ताङ चोकमा प्रदर्शन गरेका हुन् ।
देशमा आजः ८ बजे ८ खबर
