इभी गाडी दुर्घटना, कम्तिमा ६ घाइते

नेपालगन्जबाट सुर्खेतका लागि नेपालगन्ज बसपार्कबाट छुटेको कर्णाली प्रदेश ०२००१ ज ०५९६ नम्बरको इभी गाडी केही सय मिटर पर नपुग्दै दुर्घटनामा परेको छ ।

प्रत्यक्षदर्शीका अनुसार बाटो काट्न लागेको अटोलाई जोगाउँदा इभी अनियन्त्रित भई सडकको रेलिङ्गमाथि चढ्न पुगेको थियो ।

त्यसक्रममा सडकमा हिडिरहेका सहित कम्तिमा ६ जना घाइते भएको बताइएको छ । प्रहरीले अटो र इभी चालक दुवैलाई नियन्त्रणमा लिएको छ भने घाइतेहरुलाई उपचारका लागि अस्पताल पठाएको छ ।

Exit mobile version