पृथ्वीराजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–६ बन्छेटारमा दुईवटा बस एकापसमा ठोक्किँदा १३ जना घाइते भएका छन् । काठमाडौँबाट गोरखातर्फ जाँदै गरेको बा४ख ४४७६ नम्बरको बस तथा चितवनबाट काठमाडौँतर्फ आउँदै गरेको बा५ख ३४९५ नम्बरको बस एकापसमा ठोक्किएका हुन् । घाइतेलाई उपचारका लागि आदमघाट र गजुरीका स्वास्थ्य संस्थामा लगिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रल्हाद सिलवालले जानकारी दिनुभयो । दुर्घटनाग्रस्त बस सडकबाट पन्छाएर अवरुद्ध यातायात पुनः सञ्चालन गर्ने प्रयास भइरहेको उहाँले बताउनुभयो । तीब्र गतिमा गुडिरहेका दुवै बस अनियन्त्रित भई एकापसमा ठोक्किएका प्रहरीले जनाएको छ ।
दुई बस एकापसमा ठोक्किँदा १३ जना घाइते
- Dainik Nepalgunj

- Categories: News, मुख्य समाचार
Related Content
‘हनी ट्रयाप’मार्फत ब्ल्याकमेलिङ गरेको आरोपमा महिला पक्राउ
by
Dainik Nepalgunj
September 28, 2026
बाढी–पहिरोमा नेपाली सेनाको सक्रियता
by
Dainik Nepalgunj
September 28, 2026
पर्यटक स्वागत गर्दै प्रवेशद्वार सरसफाई
by
Dainik Nepalgunj
September 28, 2026
पर्यटन विकासमा राज्यको सहयोग खोज्दै व्यवसायी
by
Dainik Nepalgunj
September 28, 2026
नेपालगञ्ज पर्यटन परिषद्को नयाँ कार्यसमिति सर्वसम्मत चयन, अध्यक्षमा केशवराज न्यौपाने
by
Dainik Nepalgunj
September 27, 2026