काठमाडौँ, २१ कात्तिकः यस वर्षको तिहारमा रु ५० करोड बराबरको फूलको कारोबार भएको छभने सबैभन्दा धेरै खपत काठमाडौँ उपत्यकामा भएको छ । फ्लोरिकल्चर एशोसिएसनका अध्यक्ष दिलीप बादेका अनुसार गत वर्षकै हाराहारीमा यस वर्ष फूलको कारोबार भएको छ । यस वर्ष उपभोक्ताले सामान्यतया एउटा मालाको रु एक सय तिर्नुपरेको थियो । काठमाडौँ महानगरपालिका (कामपा)ले फूल बिक्रीस्थल तोकेका कारण यस वर्षसहज भएको उहाँले बताउनुभयो । यस वर्ष कामपाले नेपाली फूल किसानलाई फूल बेच्न ४६ स्थान तोकेको थियो । बजार माग हरेक वर्ष १५ देखि २० प्रतिशतसम्म वृद्धि हुने तर उत्पादन भने बढीमा १० प्रतिशतले मात्र वृद्धि हुने गरेको छ । विशेषगरी तिहारमा प्रयोग हुने मखमली र गोदावरी फूल स्वदेशी उत्पादनले नै पुग्ने गरेको भए पनि सयपत्री र रातो गुलाफ भने भारतबाट आयात गर्नुपर्ने बाध्यता रहेको अध्यक्ष बादेले बताउनुभयो । काठमाडौँ उपत्यकाको तीन जिल्लासहित कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ५२ वटा जिल्लामा पुष्पखेती विस्तार भएका छन् । व्यावसायिक रूपमा चार सय ५० प्रजातिका फूल उत्पादन हुँदै आएका उहाँले जानकारी दिनुभयो । पुष्पखेतीबाट ४४ हजारभन्दा बढी लाभान्वित भएका छन्भने दुई सय २१ हेक्टरमा एक हजार एक सय ८४ व्यवसायीले पुष्पखेती गरेका छन् ।
तिहारमा ५० करोडको फूल बेचियो
- Dainik Nepalgunj

- Categories: News, मुख्य समाचार
Related Content
‘हनी ट्रयाप’मार्फत ब्ल्याकमेलिङ गरेको आरोपमा महिला पक्राउ
by
Dainik Nepalgunj
September 28, 2026
बाढी–पहिरोमा नेपाली सेनाको सक्रियता
by
Dainik Nepalgunj
September 28, 2026
पर्यटक स्वागत गर्दै प्रवेशद्वार सरसफाई
by
Dainik Nepalgunj
September 28, 2026
पर्यटन विकासमा राज्यको सहयोग खोज्दै व्यवसायी
by
Dainik Nepalgunj
September 28, 2026
नेपालगञ्ज पर्यटन परिषद्को नयाँ कार्यसमिति सर्वसम्मत चयन, अध्यक्षमा केशवराज न्यौपाने
by
Dainik Nepalgunj
September 27, 2026