–मुग्लिन सडकखण्डको सत्र किलोमा आज बिहान भएको दुर्घटनामा पाँच जनाको मृत्यु भएको छभने पाँच जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता भेषराज रिजालका अनुसार आज बिहान ३ः०० बजे मुग्लिनबाट नारायणगढतर्फ आइरहेको माइक्रोबस र नारायणगढबाट मुग्लिनतर्फ गइरहेको बस एकापसमा ठोक्किँदा माइक्रोमा सवार गोरखा आरुघाट गाउँपालिका–१ का ४२ वर्षीय राजबहादुर गुरुङ, माइक्रोबसका चालक, परिचय नखुलेका ४० वर्षीया महिला, ३२ वर्षीय र ३५ वर्षीय पुरुषको मृत्यु भएको हो । दुर्घटनामा अन्य पाँच जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको भरतपुर अस्पताल र तीन जनाको चितवन शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
नारायणगढ–मुग्लिन सडक दुर्घटनाः पाँचको मृत्यु
- Dainik Nepalgunj

- Categories: News, मुख्य समाचार
Related Content
काँग्रेस बाँकेद्वारा प्रशिक्षण कार्यक्रम
by
Dainik Nepalgunj
August 16, 2025
शिक्षा विधेयकविरुद्ध प्रदेश सरकार गुहार्दै निजी विद्यालय
by
Dainik Nepalgunj
August 16, 2025
‘गुल्जार–ए–अदब’को मासिक मुशायरा
by
Dainik Nepalgunj
August 16, 2025
संघीय सरकारले बनाउने शिक्षा सम्बन्धि ऐनमा सबैका भावनाहरु समेटिने लुम्बिनीका मुख्यमन्त्री आचार्यकाे विश्वास
by
Dainik Nepalgunj
August 16, 2025
भित्ताबाट हराउँदैछन् अष्टिम्की चित्रकला
by
Dainik Nepalgunj
August 16, 2025