सुधार गृहबाट तीन जना बाल बिज्याइँकर्ता भागे

बाँकेको बैजनाथ गाउँपालिका स्थित बाल सुधार गृहबाट तीन जना बालबिज्याईकर्ता फरार भएका छन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले सोमबार विहान गणना गर्दा २५ जना रहेको एउटा ब्लकबाट तीन जना भागेको पाइएको जानकारी दिएका छन् ।

बाल सुधार गृहबाट भाग्नेमा एक जना बाँके, एक जना दाङ र एक जना प्युठानका बाल बिज्याइँकर्ता छन् ।

भागेका बाल बिज्याँकर्ताहरुको खोजिमा जिल्लास्थित नेपाल प्रहरीका सबै युनिटहरु, सशस्त्र प्रहरी लगायतका सबै सुरक्षा निकायलाई परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।

Exit mobile version