अपांगता भएका व्यक्तिहरुको अधिकार सुनिश्चि गर्न ऐन ल्याउछौंः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अपांगता भएका व्यक्तिहरुको अधिकार सुनिश्चित गर्न र एकिकृत रुपमा सेवा प्रवाहको सहजताकोलागि अपांगता अधिकार ऐन निर्माण गरिने बताउनु भएको छ ।

राष्ट्रिय अपांग महासंघ लुम्बिनी प्रदेशले सोमवार मुख्यमन्त्री आचार्य संग भेट गरेको थियो । सो अवसरमा मुख्यमन्त्री आचार्यले अपांगता अधिकार सुनिश्चित गर्न प्रदेश सरकारले ऐन जारी गर्ने र त्यसकालागि सरोकारवाला पक्ष संग समेत सहकार्य गरिने स्पष्ट पार्नु भएको छ ।

‘अपांगता भएका व्यक्तिहरुको सेवा प्रवाहमा सहज पहुँच पु¥याउन प्रदेश सरकार प्रतिबद्ध छ’उहाँले भन्नुभयो,‘अपांगता भएका व्यक्तिहरुलाई एकिकृत रुपमा सेवा प्रवाहकालागि ऐन, नियम बनाएर सम्वोधन गर्छौं ।’ सामाजिक विकास मन्त्रालय मार्फत अपांगता अधिकार सम्वन्धि अधिकार सुनिश्चितताका लागि ऐन अघि बढाइने बताउनु भयो । भेटको क्रममा लुम्बिनी प्रदेशबाट अपाङ्गता अधिकार ऐन निर्माण गरी जारी गर्न मुख्यमन्त्री आचार्यलाई ध्यानाकर्षण समेत गराइएको थियो ।

राष्ट्रिय अपाङ्ग महासंघका अध्यक्ष हुमनाथ अधिकारी सहितको टोलीले मुख्यमन्त्री आचार्य संग भेट गरेको र छिट्टै ऐन निर्माणको काम अघि बढाउने बारेमा छलफल केन्द्रित भएको थियो । छलफलको क्रममा मुख्यमन्त्री आचार्यले अपाङ्गता भएका नागरिकको अधिकार र सवाललाई सम्वोधन गर्न प्रदेश सरकार गम्भीर रहेको, अपाङ्गता अधिकार र आवस्यक नीति निर्माण गरि आगमी प्रदेश अधिबेशनमा पेश गरि पास गरिने जानकारी दिनु भएको थियो ।

Exit mobile version