लोक नृत्यमा एञ्जल्स प्रथम

तेस्रो प्याब्सन अन्तर विद्यालय जिल्ला स्तरीय लोक नृत्य प्रतियोगिताको उपाधी नेपालगन्ज स्थित एञ्जल्स माविले हाँसिल गरेको छ । नेपालगन्जमा शुक्रबार प्याब्सन बाँकेले आयोजना गरेको विद्यालय स्तरीय लोक नृत्य प्रतियोगिताको तेस्रो संस्करणमा एञ्जल्स लगातार दोस्रो बर्ष उत्कृष्ट भएको हो ।

जिल्लामा उत्कृष्ट भएसँगै विद्यालय सञ्चालक बीना मल्ल विद्यार्थीलाई हौसला प्रदान गर्न कार्यक्रम स्थल पुगेकी थिइन् । अघिल्लो बर्ष पनि एञ्जल्स जिल्लामा प्रथम भएपछि प्रदेशमा समेत उत्कृष्ट नतिजा ल्याउन सफल भएको थियो ।

प्रतियोगितामा दोस्रो जय बागेश्वरी मावि, तेस्रो स्थानमा जेएस तथा सान्त्वना गोर्खा, यूनाइटेड, सगरमाथा विद्यालय भएको प्याब्सन बाँकेका अध्यक्ष यम रावतले जानकारी दिए ।

उत्कृष्ट विद्यालयहरूलाई प्याब्सनका पूर्व अध्यक्ष विद्यामान राजभण्डारी, प्राज्ञिक सल्लाहकार डा. राजेश केशर खनाल, सल्लाहकार केशर बहादुर आले लगायतले पुरस्कार वितरण गरेका थिए ।

दु्ई दर्जन बढी विद्यालय सहभागी भएको प्रतियोगितामा प्रथम हुनेले ५० हजार, द्वितीय हुनेलाई नगद २५ हजार, तृतीयले १५ हजार र सान्त्वनाले ५ हजार पाँच सय रूपैयाँ नगद पुरस्कार प्राप्त गरेका थिए ।

प्रतियोगितामा प्रतियोगितामा विभिन्न मौलिकता समेतको मापन गरी मूल्याङ्कन पद्धति बनाइएको थियो ।

Exit mobile version