पूर्वराजा शाहद्वारा बागेश्वरी मन्दिर दर्शन

पूर्वराजा ज्ञानेन्द्र शाहले शनिबार बागेश्वरी मन्दिरको दर्शन गरेका छन् ।

एक हप्तादेखि नेपालगन्जमा बसिरहेका पूर्वराजा शाह परिवार सहित पश्चिम नेपालकै प्रसिद्ध बागेश्वरी मन्दिरको दर्शन गरेका हुन् ।

पूर्व राजा शाहलाई मन्दिरका मूल महन्त चन्दननाथ योगीले मन्दिर दर्शन गराएका थिए ।

एक महिना नेपालगन्ज टुरमुकाम बनाएर पश्चिमका विभिन्न जिल्ला पुग्ने पूर्व राजाको कार्यक्रम रहेको बताइन्छ ।

Exit mobile version