नेपालगन्ज म्याराथनः अवसर र चुनौति

एथेन्सको म्याराथनका विषयमा यूनानी इतिहासकार प्लुटार्कको पुस्तक ‘एथेन्स कृति’मा विस्तृत पढ्न सकिन्छ । Parallel Lives / Moralia प्लुटार्कका चर्चित दुई कृति छन् ।
युरोपको पुरानो म्याराथन कोसिच शान्ति म्याराथन हो । जुन सन् १९२४ देखि स्लोभाकियामा चल्दै आइरहेको प्रतियोगिता हो ।

हरेक वर्ष मीनपचासताका झण्डै १ सय ५० प्रजातिका चरा रुस, किर्जिस्तान, तुर्किस्तान, उज्वेकिस्तान, अजरवैजान, चीन, मङ्गोलिया, कोरिया, तिब्बत अनि युरोप क्षेत्रबाट आफ्ना पखेटाको साहारमा उडानको दौड भरेर नेपाल आउने गर्छन् ।

यतिबेला पश्चिम नेपालको एउटा पुरानो सहर नेपालगन्ज म्याराथनका लागि चर्चामा छ । ईसापूर्व ४९० ताका यूनानको एथेंस सहरमा २६ माइल दूरीको दौड एक सैनिकले पूरा गरेका थिए। त्यो युग यूनान–पर्सियन÷फारसी सैनिकबीचको युद्ध थियो । यूनानी सैनिकले फारसी सैनिकलाई पराजित गरेका थिए । त्यही खुसीको खबर सुनाउन ‘फिडिपीडेस’ नामका एक सैनिक नरोकिएर २६ माइल दौडेर एथेन्स पुगेर खुसीको खबर सुनाएको इतिहास सम्झाउँछ ।

जर्नल अफ अमेरिकन कलेज अफ कार्डियोलोजिमा प्रकाशित अध्ययनलाई मान्ने हो भने प्रत्येक दिन ५ देखि १० मनेट दौंडदा मात्रै पनि मानिसको आयु बढ्छ ।
नेपालगन्जमा हुने म्याराथनले भने देशमा भएको सशस्त्र द्वन्द्व अन्त्य भएको स्मरण गराइरहन्छ । नेपालगन्ज म्याराथनले नेपाल सरकार र नेकपा माओवादीबीच वि.सं. २०६३ मंसिर ५ गते भएको विस्तृत शान्ति सम्झौता भएको कुरा स्मरण गराउँछ ।

ग्रीस र परेसियनबीच भीषण युद्ध भएको थियो । एक ठाउँ पनि नरोकिएर दौडेका फिडिप्पिडिसले सभा स्थलमा पुगेर भनेका थिए ‘नेनिकेकामेन अर्थात्, Joy to you, weÚve won’ यो कुरा ई.पू. ४९० ताकाको हो । विडम्बना म्यराथन युद्ध जित्यौं भनेर खबर गर्ने उनी त्यहीँ लड्छन र मृत्युवरण हुन्छ । फिडिप्पिडिस एक सैनिक म्यासेन्जरसमेत थिए ।
बोष्टर्न, न्युयोर्क, शिकागो, लण्डन,बर्लिन उत्कृष्ट म्याराथन परतियोगिता हुन् । छिमेकी देश भारतमा मुम्बै,पुणे, लद्दाख,वैङ्लोर र देहरादुन उत्कृष्ट म्याराथनका लागि चर्चित प्रतियोगिता हुन् ।
सन् २००६ मा रनर्स सम्पादक मण्डलले थप केही म्याराथनलाई उत्कृष्ट चुने । पछिल्लो पटक नेपालगन्ज म्यारथन पनि उत्कृष्ट रुट भित्र पर्ने गरेको छ । एमष्टर्डम, होनुलुस, पेरिस, रोटर्डम र स्टकहोम म्याराथन त्यसैगरी अमेरिकाको मरिनकोर, लसएञ्जल्स, रोम र बोस्टन म्याराथन कहलिएका प्रतियोगिता हुन् ।

सन् १९२१ मा म्याराथनको मापदण्ड दूरी तय गरिएको हो । म्याराथन अर्थात ४२.१९५ किलोमिटरको दौड हो । एथलेटिक्स विधाको उत्कृष्ट प्रतियोगितामा पर्छ म्याराथन ।
नेपालगन्ज गर्मी र जाडोमा एक तमासले गुल्जार हुने सहर हो । तर, संघीयताको कार्यान्वयन सँगै नेपालगन्ज कर्नरमा पुग्यो । राज्यसत्ताका क्षेत्रीय–केन्द्रहरु नेपालगन्जबाट स्थानान्तरण भए । देशमा चलेको सशस्त्र द्वन्द्वताका नेपालगन्ज विभिन्न कारणले केन्द्र थियो । द्वन्द्वताका हेलिकप्टर र जहाजबाट आउजाउ गर्ने सेना तथा विदेशी दातृ निकायको ओहरदोहरले नेपालगन्ज चलायमान देखिन्थ्यो । मानव अधिकारको रक्षा, घाइते विद्रोहीहरुको उपचारको बाटो पनि नेपालगन्ज थियो । हातहतियार ओसारपसार, चन्दा संकलन र विद्रोहीको भारत छिर्ने गतिलो नाका थियो, नेपालगन्ज । तर अब पर्यटक र धावकहरुले रङ्गिन हुनुपर्छ शहर ।

युद्धमा घाइते माओवादीहरु यहींको बाटो भएर लखनउमा उपचार गाउन जाने गर्दथे । कतिपय कर्णाली क्षेत्रका सरकारी कार्यालय र गैह्रसरकारी संस्थाका अधिकांश गतिविधि नेपालगन्ज बेस थिए। होटेल र एयरलाइन्सको चमक बेग्लै थियो ।

मिडियाका लागि पनि नेपालगन्ज उर्वर श्रोत थियो । नेपालगन्जका बाइलाइन काठमाडौँमा खुबै बिक्री हुन्थे । युद्धका फोटो फिचर खुबै चलेका थिए । तत्कालीन विद्रोही पक्षका लागि नेपालगन्ज सेल्टर नेपाल–भारत सीमाका कारण पनि उपयुक्त थियो । भारतीय सञ्चार माध्यम पनि नेपालगन्जका पत्रकारहरुसँग निरन्तर सम्पर्कमा रहन्थे ।
शान्ति सम्झौता भएको स्मरणमा त्यही नेपालगन्जमा म्याराथन प्रतियोगिता बर्षेनी आयोजना हुन्छ । अन्तर्राष्ट्रिय स्तरमा समेत नेपालगन्ज म्याराथनले मान्यता पाइसकेको छ ।
आयोजकहरुलाई व्यवस्थापनको समस्याका अग्ला पर्खाल त छन् । नजिकबाट हेर्नेहरुले यो इभेन्टलाई आर्थिक नाफा–नोक्सानका दृष्टिबाट पनि केलाउँछन् । कतिपयले नजरअन्दाज पनि गरिरहन्छन् । मानिसका समूहका बेग्ला बेग्लै नजरिया छन्, अनि त्यहाँ निहित स्वार्थ पनि पक्कै रहन्छन, स्वाभाविकै हो । तर, सहरमा यतिको स्तरको अन्तर्राष्ट्रिय मान्यताप्राप्त इभेन्ट आयोजना हुनु सकारात्मक विषय हो ।

इभेन्ट आयोजना गर्ने कम्पनी वा आयोजकले अपनाउने पारदर्शिता उस्कैलागि बलियो पक्ष हो ।

नेपालगन्ज म्याराथनले यो संस्करणमा म्याराथनकै सन्दर्भमा आयोजना गर्न लागेको कनक्लेभले समाजका विविध विषयलाई उठान गरेकोछ । साहित्य, खेलकुद, पर्यटन, उद्यमशिलता, महिला सशक्तीकरण र युवा उद्यमशिलताका आवाजसहितका विविध पक्षमा हुने चर्चाले समाजका लागी सकारात्मक उर्जा प्रदान गर्नेछ ।
नेपालगन्ज म्याराथनले यहाँको आन्तरिक पर्यटनलाई समेत टेवा दिन्छ । अवसर र चुनौतिले नेपालगन्जलाई धकेल्दै छ । त्यही सरेरोफेरोमा आयोजना हुने म्याराथनले नेपालगन्जलाई फराकिलो पनि बनाउँदै छ ।

खेलकुद क्षेत्रका लागी नेपालगन्ज सँधै उर्जाशील ठाउँ हो । ओलम्पिकसम्म नेपालगन्जका खेलाडीले आफ्नो खेल देखाएका छन् । नेपालगन्ज राज्यको नजरबाट ओझेल पर्दै जाँदा निजी क्षेत्रबाट गरिने प्रयासहरुले सहरलाई चलायमान बनाइरहन साथ दिइरहेका छन् । ति मध्ये नेपालगन्ज म्याराथन पनि एउटा महत्वपूर्ण कार्यक्रम हो ।
पृथ्वी मानिसहरुको मात्रै वासस्थान पक्कै होइन । त्यसमाथि पनि नेपाल त झनै जनावर र चराचुरुङ्गी अनि हिमालयको देश पनि हो । प्रकृतिलाई सुरक्षित राख्न पनि यस्ता प्रतियोगितालाई जोड्न जरुरी छ ।

जर्नल अफ इण्टरनल मेडिसिनमा प्रकाशित अध्ययनले दौडले मानिसको एरोबिक क्षमता बढाउँछ । दौडले मानिस भित्रको (एचजिएच) ह्युमन ग्रोथ हार्मोन बढाउँछ । त्यसकारण मानिस खुसी हुन पनि नियमित दौड्न जरुरी छ ।

प्रत्येक वर्ष आयोजना हुने प्रतियोगीतामा नेपालगन्ज म्याराथनको निरन्तरता उत्साहजनक रहन्छ । दशौं संस्करण सम्म आईपुगेको नेपालगन्ज म्याराथन र त्यससँगै आयोजना भइरहने अन्य कार्यक्रमले केही दिन नेपालगन्ज गुञ्जिन्छ । अनि त्यसको प्रभाव बर्ष भरी रहन्छ ।

नेपालगन्ज म्याराथन एउटा अवसर हो । यस क्षेत्रका लागी महोत्सव पनि हो । कार्यक्रमको निरन्तरता र व्यवस्थापकीय गुणस्तरमा चुनौति पनि छन् ।

कुनै पनि ठाउँ विषेशमा आयोजना गरिने प्रतियोगिताले त्यहाँको स्थानीय परिवेशलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा प्रस्फुटन गराउने अवसरका रुपमा अपनत्वबोध गराउने आशा र विश्वास रहन्छ।

Exit mobile version