बाँके : बस दुर्घटना दुई घाइते

सोमबार विहान बाँकेमा बस दुर्घटना हुँदा दुई जना घाइते भएका छन् ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिका– ८ मगुवामा काठमाडौंबाट धनगढी तर्फ जाँदै गरेको सु.प.प ०१ –००१ ख ३६४४ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको ट्रकलाई जोगाउने क्रममा रुखमा ठोक्किएर दुर्घटना भएको थियो ।

२४ जना यात्रु सवार बस दुर्घटनाका घाइते आफै उपचारका लागि कोहलपुर मेडिकल कलेज पुगेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले बस चालक रामबहादुर डाँगी प्रहरीको नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

घटनापछि इलाका प्रहरी कार्यालय कोहलपुरबाट प्रहरी निरीक्षक राजकुमार भट्ट नेतृत्वको ९ जनाको टोली घटनास्थल पुगेको थियो ।

Exit mobile version