नेपालगन्ज, ९ माघ
अयोध्यामा सोमबार गरिएको राममन्दिर प्राण प्रतिष्ठाको नेपालगन्जमा उल्लास मनाएर घर फर्किने क्रममा र्यालीमा सहभागी युवाहरुमाथि आक्रमण भएको छ । उक्त घटनामा ६ जना घाइते भएका बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले जानकारी दिए । पुरैनी, बेतहनी, जाफरपुरुवामा आक्रमणका घटना भएका हुन् । यसैगरी सोमबार दिउँसो जयसपुरमा पनि केहीबेर तनाव भएको थियो । प्रमुख जिल्ला अधिकारी पोखरेलका अनुसार आक्रमणमा संलग्न भएको आरोपमा एक जना पक्राउ परेका छन् ।
नेपालगन्जमा राममन्दिरको उल्लासमा सहभागीमाथि आक्रमण, एकजना पक्राउ
- Ganesh Bishu

Related Content
बाँके : प्रहरीमा १५२ मुद्दा दर्ता, १३७ प्रतिवादी पक्राउ
by
Dainik Nepalgunj
September 22, 2026
बाँकेका ७९ वडामा कांग्रेस अधिवेशन सकियो
by
Dainik Nepalgunj
September 22, 2026
असीको कसीमा सनत रेग्मी, शब्दले गरिंदै सम्मान
by
Dainik Nepalgunj
September 22, 2026
भदौमा बाँकेमा २५ वटा लागूऔषध मुद्दा दर्ता, ६१ जना पक्राउ
by
Dainik Nepalgunj
September 21, 2026
नरैनापुर शिक्षा : तीन वर्ष देखि घरमै तलब !
by
Dainik Nepalgunj
September 21, 2026