दैलेखी समाजद्वारा शिविर

दैलेख मूल घर भई बाँकेमा रहेकाहरू संगठित दैलेखी समाज बाँकेले शनिबार नेपालगन्ज वडा नं. १८ कारकाँदोमा स्वास्थ्य शिविर कार्यक्रमको आयोजना गरेका छन् ।

समाजका अध्यक्ष पूर्णदेव गिरीले बाँके डेन्टल अस्पताल र ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवासँगको सहकार्यमा निःशुल्क दाँत, कान परीक्षण शिविरको आयोजना गरेको जानकारी दिए ।

वडा नं. १८ का वडाध्यक्ष दिपक कुमार बर्माको प्रमुख आतिथ्यतामा भएको शिविरमा सय बढीले स्वास्थ्य जाँच गराएका थिए ।

Exit mobile version